मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल चिकित्सक संघको माघमा हुने निर्वाचनमा उम्मेद्धारी दिएका ४१ जना डाक्टर उम्मेद्धार (सूची सहित)

नेपाल चिकित्सक संघको माघमा हुने निर्वाचनमा उम्मेद्धारी दिएका ४१ जना डाक्टर उम्मेद्धार (सूची सहित)

सुदूर आज

काठमाडौँ: नेपाल चिकित्सक संघको आगामी माघमा हुने निर्वाचनका लागि आज उम्मेद्धारी दर्ता भएको छ। दिउसो ३ सम्म तोकिएको समयमा अध्यक्ष बरिष्ठ उपाध्यक्ष, सातवटा प्रदेशका उपाध्यक्ष, महासचिव कोषाध्यक्ष, सह सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा गरी कुल ४१ जनाले उम्मेद्धारी दिएका छन्।

त्यसमा अध्यक्षमा तीन जना, महासचिवमा दुई जनाको उम्मेद्धारी परेको छ। बरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेशका उपाध्यक्ष तथा सहसचिव पदमा एक जनाको उम्मेद्धारी परेकोले निर्विरोध निर्वाचित हुने सम्भावना बढेको छ। अन्य पदहरुमा भने अहिलेलाई प्रतिस्पर्धीहरु देखिएका छन्।

एनएमएको निर्वाचन समितिका अनुसार उम्मेद्धारी दर्ता गराएका ४१ जनाको सूची यसप्रकार छ :
अध्यक्ष : डा सन्तोष पौडेल, डा अनिल बिक्रम कार्की, डा शिवजी बिक्रम सिलवाल
बरिष्ठ उपाध्यक्ष : डा बद्री रिजाल
उपाध्यक्षहरु :
प्रदेश १ : डा बिपेश आचार्य, डा पार्थ गुरागाईँ, डा यज्ञराज खराल
मधेश प्रदेश : डा नीरजकुमार सिंह, अजयकुमार मिश्र, डा महेश महासेठ
बागमती प्रदेश : डा प्रकाश बुढाथोकी, डा सञ्जयकुमार ठाकुर
गण्डकी प्रदेश : डा राजन शर्मा, डा विकास गौचन
लुम्बिनी प्रदेश : डा नन्दाकुमारी गुरुङ
कर्णाली प्रदेश : डा केशर बहादुर ढकाल
सुदूरपश्चिम प्रदेश : डा प्रशान्त भट्ट, डा प्रविनकुमार गिरी, डा नीरज अर्याल

महासचिव : डा रक्षा श्रेष्ठ, डा सञ्जीब तिवारी, डा अमृत भुसाल
कोषाध्यक्ष : डा प्रमोद जोशी, डा अञ्जना महर्जन
सहसचिव : डा लिजन महर्जन
सह कोषाध्यक्ष : डा विक्रान्त ढकाल
सदस्यहरु : डा अमितरञ्जन मिश्र, डा मनोरद्धिन सैयद, डा सिर्जना विष्ट, डा किशोर खत्री, डा तेजसु सेन मल्ल , डा योभिनकुमार यादव, डा चेतन बस्नेत र डा रामकृष्ण आचार्य रहेका छन्। यसैगरी डा स्मृति महत, डा पदम नेपाली दर्जी, डा अभियान गौतम, डा कुम्भराज जोशी, डा सुरेन्द्र यादव डा रमेश श्रेष्ठ र डा मोहम्मद अनामुल हकले पनि सदस्य पदमा उम्मेद्धारी दिएका छन्।