मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षयरोग, एचआईभी र मलेरिया सम्बन्धी अभिमुखीकरण सम्पन्न

क्षयरोग, एचआईभी र मलेरिया सम्बन्धी अभिमुखीकरण सम्पन्न


अछाम : क्षयरोग, एचआईभी र मलेरिया कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम साँफेबगरमा सकिएको छ ।

अछाम लिल्लाको क्षेत्र नं. १ अन्र्तगतका सबै पालिकालाई सम्बन्धीत शाखामा कार्यरत कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको हो ।

स्वास्थ्य शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा र सामाजिक विकास शाखाका कर्मचारीहरुलाई अभिमुखिकरण गरिएकोा थियो ।

यसअघि जिल्लाको क्षेत्र नं. २ अन्र्तगतका पालिकाहरुलाई पनि हिजो अभिमुखिकरण गरिएको सेभ द चिल्ड्रेनका नरेश शाहले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय डोटीको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र स्वास्थ्य कार्यालय अछामको समन्वयमा अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।