मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा सुरक्षाकर्मीलाई एचआईभी एड्स सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

साँफेबगरमा सुरक्षाकर्मीलाई एचआईभी एड्स सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुदूर आज

अछाम : जिल्लाको साँफेबगरमा एचआईभी एड्स सम्बन्धी एक दिने अभिमुखिकरण तथा भेदभाव र लाञ्च्छना न्यूनिकरणमा सुरक्षाकर्मीको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एचआईभी एड्स रोग भएका व्यक्तीहरुलाई गरिने भेदभाव र लाञ्च्छना हुन नदिन सुरक्षाकर्मीको समेत महत्वपूर्ण भुमिका हुने भन्दै अन्तरक्रिया आयोजना गरिएको थियो ।

साथै जिल्लामा एचआई एड्सको अवस्था कस्तो छ, संक्रमितको के कति छन् र यस रोगबाट बच्नका लागि अपनाउनुपर्ने साबधानीका बिषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सहभागीहरुलाई स्वास्थ्य कार्यालय र निर्देशनालयको टिमले एचआईभी एड्सका बिषयमा जानकारी गराएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय दिपायल र स्वास्थ्य कार्यालय अछामको सयूक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।