अछाम : अछामको चौरपाटी गाउँपालिकाले दोस्रो गाउँसभा तथा हिउँदे अधिबेसनको पहिलो बैठक सम्पन्न गरेको छ ।
बुधबार गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको हिउँदे अधिबेशनले ५३ लाख ३ हजार ३ सय ७० रुपैयाँ ६९ पैसा बराबरको बजेट बिनियोजन गरेको हो ।
गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको चौरपाटी गाउँपालिकाले दोस्रो गाउँ सभा तथा हिउदे अधिबेशन बाट केही योजनाहरू संशोधन गरेको छ । विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको गाउँपालिकले जनाएको छ ।
गाउँ सभाका सदस्यहरूले गाउँपालिका अध्यक्ष भिम बहादुर साउद बाट प्रस्तावित प्रस्तावहरू सर्वसहमतिले अनुमोदन गर्दै विगत ६ महिनाको प्रगति विवरणमा समीक्षा तथा विभिन्न जिज्ञासाहरू राखेका थिए ।
गाउँ सभामा बोल्ने बक्ताहरुले स्थानीय सरकारको जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा चौरपाटी गाउँपालिकाका उपाध्यक्ष सर देबि खड्का, प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा,वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।
गाउँसभामा संचित कोषको बजेट तथा कार्यक्रम वडा नम्बर ५ का वडाअध्यक्ष हिउकर्ण खड्काले प्रस्तुत गर्नु भएको थियो ।
दोस्रो गाउँसभा तथा हिउँदे अधिबेसनको हेर्नुहोस फोटोफिचर
प्रतिक्रिया