अछाम । पञ्चदेवल विनायक नगरपालिकाले कर्णाली नदि बाट प्रभावित बाढी पिडितहरुलाई राहत वितरण कार्य सुरु गरेको छ ।
बर्षातमा कर्णाली नदिले नगरपालिकाकाे वडा नम्बर -४ कालिकास्थान कुज्जेडामा खेतीयोग्य जमिन सहित अन्न बाली बगाएका पिडित किसानहरुलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
बुधवार नगर प्रमुख अम्बिका चलाउने र उप प्रमुख हर्क रावलकाे नेतृत्वमा १६५ जना परिवारलाई दैनिक उपभाेग्यका सामान जस्तैः दाल,चामल,नुन,तेल वितरण गरिएको नगर प्रमुखकाे सचिवालयले जानकारी दिएको छ ।
नगरका ९ वटै वडामा विपतमा परेका पिडितहरुलाई राहत वितरण गर्दै जाने बताइएको छ ।
राहत कार्यमा सहयोग गर्ने नगरपालिकाकाे टिम,सबै राजनीतिक दल तथा सबै सामाजिक अगुवाहरुलाई नगरपालिकाद्वारा धन्यवाद ज्ञापन गरिएको छ ।
प्रतिक्रिया