मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाहरुका लागी बिनायकमा ३ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन ।

युवाहरुका लागी बिनायकमा ३ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन ।


अछाम । पञ्चदेवल विनायक नगरपालिकामा तिन दिने उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ ।

नगरपालिकाको आर्थिक सहयोग,परिवर्तन युवाक्लवको आयोजना तथा जनजागरण युवा क्वलबको सहजिकरणमा ९ वटै वडाका युवाहरुलाई समेटी शनिवारकबाट विद्यामन्दिर नमुना माद्यामिक विद्यालयको हलमा तालिम सञ्चालन गरिएको हो । 

युवाहरुको क्षमता अभिबृद्धी तथा बोल्ने कलाको विकास गर्ने उद्येश्यका साथ कार्यक्रमको आयोजना गरिएको युवा क्लवले जानकारी दिएको छ ।

सुशिल बटालाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने प्रमुख अतिथि रहेकी थिइन् ।

प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख चलाउनेले उद्घोषण तथा भाषणकला तालिमले युवाहरुमा समाज रुपान्त्रण र  सकारात्मक सोचको अभिवृद्धि हुने विश्वास व्यक्त गरकी छन् ।

युवाहरु वर्तमान समाजका साझेदार र भविष्यका कर्णधार भएकाले यस्ता खालका कार्यक्रमले समृद्ध,सुशासन नगरपालिकामा टेवा पुग्ने अपेक्षा समेत नगर प्रमुख अम्बिका चलाउनेले गरिन् । 

यस्तै कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहेका नगर उपप्रमुख हर्क रावलले बोल्ने सिप मानव जिवनको हरेका क्रियाकलापमा महत्वपुर्ण हुने भएकाले उद्घोषण तालिम आवश्यक रहेको बताए ।

उद्घाटन कार्यक्रममा १ देख ९ वडाका वडा अध्यक्ष,नेपाली काँग्रेस महासमिति सदस्य सुरत बहादुर बिष्ट,शिक्षक युवा तथा खेलप्रेमी गोपाल बिष्ट,आस्था नेपालका खगेन्द्र उपाध्याय,वाक नेपालका रमेश रावल लगायतको सहभागीता रहेको थियो ।

 शनिवारबाट सञ्चालन भएको उद्घोषण तथा भाषणकला तालिममा मुख्य प्रशिक्षक युवराज न्यौपाने र प्रशिक्षक रमेश रावतले प्रशिक्षण दिएका छन् ।

पौष २५ गते सम्म उद्घोषण तथा भाषणकला सञ्चालन हुने परिवर्तन युवा क्लवका कार्यक्रम संयोजक निर्मल बिकले जानकारी दिए ।

उद्घोषण तथा भाषणकला तालिमको सहजिकरण जनजागरण युवा क्लवका अध्यक्ष दिनेश केशीले गरेका छन् ।