मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा भुकम्पले क्षती पुर्याएका घर परिवारलाई राहात वितरण

मंगलसेनमा भुकम्पले क्षती पुर्याएका घर परिवारलाई राहात वितरण

सुदूर आज

अछाम : मंगलसेन नगरपालिकाले गत कात्तिक २३ गते राती आएको भुकम्पले क्षती पु¥याएका घर परिवारलाई राहात वितरण गरेको छ । भुकम्पले पुर्ण रुपमा क्षति गरेका र बस्न नमिल्ने घरका परिवारलाई राहात वितरण गरेको हो ।

पालिकाका ७ वटा वडाका ८८ घर परिवारलाई त्रिपाल र कम्बल वितरण गरेको हो । नगर प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा भुकम्प आए लगत्तै पालिकाका १४ वटै वाडमा पुगेर लगत संकलन गरि राहातका लागि प्रकृया अगाडी बढाएको थियो ।

नगरका वडा न ८ मा १० जना, वडा न ९ मा १२ जना, १० मा २० जना, वडा न ११ मा ७ जना, यस्तै वडा न १२ मा ९ जना, वडा न ६ मा २४ जना र वडा न ७ मा ६ जनालाई राहात वितरण गरिएको नगरपालिकाका विपत ब्यवस्थापन समितिका शाखा प्रमुख नरेश बहादुर कठातले बताए ।

अहिले पहिलो चरणमा पुर्ण रुपमा क्षति भएका घरपरिवारलाई मात्रै राहात वितरण गरिएको र बाकी अन्यको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने नगरपालिकाले जनाएको छ । अहिले पनि धेरै नागरिकहरु छुटेकाले बाकी भुकम्पले क्षति ब्यहोरेका घर परिवारका लागि केही पहल गरिने शाखा प्रमुख कठायतले बताए ।

शनीबार मंगलसेन नगरपालिका वडा न ६ र ७ मा पनि ३० घर परिवारलाई राहात वितरण गरिएको छ । राहात वितरण कार्यक्रममा प्रमुख अतिथीको आशनबाट दबोल्दै नगर प्रमुख पदम बहादुर बोहराले यो राहातले थोरै भएपनि पिडितहरुको घाउमा मलहम लाग्ने भएकाले आगामी दिनमा थप राहातका लागि प्रकृया अघि बढाउने बताए ।

नगरपालिकाले दिएको राहातको सही सदुपयोग गर्दै आफ्नो दैनिकी सहज बनाउन वडाबासीलाई अनुरोध गरेका छन् । यस्ता विपदजन्य घट्ना बाट ठुलो क्षति हुन नदिन नागरिक आफैले पुर्व सतर्कता अपनाउनुपर्ने बताए ।

हामीले पुस्तौ पुस्ताका लागि बस्ने घर निर्माण गर्दा बुद्धी लगाएर कामगर्नुपर्ने बताए । घरजस्तो संरचना निर्माण गर्दा धेरै ठाउमा लापरबाही भएकाले आगामी दिनमा यस्ता मुजबुत खालका संरचना निर्माणमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

पछिल्लो समयमा संरचना बनाउद अपनत्व नहुने र त्यसले गर्दा यस्ता संरचनाहरु कमजोर हुदै गएकाले अब सोचनुपर्ने बेला आएको उनको भनाई रहेको छ । अब नगरपालिकाका जुनसुकै वडामा पनि राम्रो काम नगर्ने र झारो टार्ने काम जो वडामा गरिन्छ त्यो वडाको बजेट काट्ने देखी गुणस्तरिय काम नगर्ने नागरिकलाई कार्बाही प्रकृया समेत अगाडी बढाईने चेतावनी दिए ।

वडा र टोलमा निर्माण गरिने संरचनाहरु वडाबासीको सम्पती भएकाले त्यसलाई सरकारको हो भनेर लापरबाही नगर्न समेत नगर प्रमुख बोहराले अनुरोध गरे । यस भन्दा अघि धेरै ठाउमा त्यस्तो देखीएकाले अब राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्ने जसलाई पनि कार्बाहीको प्रकृया अघि बढाईने उनको भनाई रहेको थियो ।

आफ्नो गाउठाउमा कुनैपनी किसीमको योजना निर्माण गर्दा त्यसमा गुणस्तरिय काम भए नभएको बारे पटक पटक नेरखेर गर्न समेत नागरिकलाई अनुरोध गरे । नागरिक सचेत भएपछि मात्रै समग्र नगरको विकास हुने भएकाले यस्ता कुरामा सजग र सचेत रहन अनुरोध आग्रह गरे ।

पालिकामा निर्माण गरिने साना तथा ठुलो योजनाहरु राम्रा बनाउका लागि आगामी दिनमा नगरपालिकाको तर्फबाट बिशेष कार्यक्रम संचालन गरिने बताए । अब पालिकामा एक प्रकारणको जागरण नै ल्योने गरि सचेतना मुलक कार्यक्रमहरु अगाडी बढाईने भएकाले यस कार्यमा सहयाृग गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा बोल्दै वडा न ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले वडाको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । वडामा भुकम्पले ठुलो क्षति गरेको हुदा नगरपालिकाले थप सहयोग गर्नुपर्ने माग गरे ।

धेरै घरहरु अहिलेपनि बस्न नसकीनेगरि चर्कीएकाले त्यस्ता घरहरुको लगत लिएर सम्बन्धीत निकायमा दिएको हुदा सानो सहयोग भएपनि राहात स्वरुप नगरले यो सहयोग गरेको अध्यक्ष भण्डारीको भनाई छ । विपल आएको बेला वडाले नागरिक बाट कर समेत नलिएको बताए ।

वडा न ७ मा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष राज बहादुर शाहीले वडाको समग्र विकासका लागि आफ्नो तर्फबाट कुनैपनी कुरामा कञ्जुसाई नगर्ने प्रतिबद्धता जनाए । काम गरिरहदा आफ्नो तर्फबाट केही कमजोरी भएमा आफुलाई रचनात्मक सुझाव दिन अनुरोध गरे ।

वडालाई नमुना बनाउने काम कुनै एक पक्षको सहयोगले मात्रै सम्भव नहुने भएकाले यसमा सबैले आ आफ्नो क्षेत्रबाट सकारात्मक भुमीका खेल्न समेत आग्रह गरे । आफु वडाबासीको सुझव सल्ला भन्दा बाहिर गएर काम नगर्ने र जनताको पक्षमा कामगर्ने योजनाका साथ आएकाले आफु जनताले दिएको मतको अवमुल्याकन नगर्ने वडा अध्यक्ष शाहीले प्रतिबद्धता जनाए ।

वडा न ६ मा भएको कार्यक्रममा वडा सदस्य दुर्गा प्रसाद भण्डारी, गंगा माविका प्रधनाध्यापक मोतिराम भण्डारी, वडा न १२ का सचिव दिल बहादुर केसी, समाजसेवी राम प्रसाद भण्डारी, नन्दाराम भण्डारी लगायतको सहभागिता रहेको थियो

वडा न ७ मा कार्यपालिका सदस्य मनसरा थ्यायत, वडा सदस्य गोकर्ण प्रसाद ढुंगाना, नेपाली काग्रेसका जन्मराज जैसी, एमालेका भोज बहादुर शाही लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वडा न ७ का वडा सचिव शिवराज ढुंगानाले गरेका थिए ।