अछाम । जिल्ला प्रशासन कार्यालय अछामले अबैध रुपमा संचालनमा रहेका क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । एक पत्र जारी गर्दै प्शासनले नियम बिपरित अबैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
कानून र मापदण्ड विपरी दर्ता तथा नवीकरण नभई र अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरुलाई बन्द गर्न भनेको छ ।
यस्तै बिभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर हाल उक्त प्रयोजन र आयोजना समाप्ति पश्चात पनि सञ्चालनमै रहेका कसर उद्योगहरु तत्काल बन्द गर्न र गराउन सम्बन्धित सञ्चालकलाई प्रशासनले जानकारी गराएको छ ।
साथै कानून र मापदण्ड बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरुले सो सँग सम्बन्धित कागजातहरू प्रशासनमा पेश गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया