मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाको १० औं अधिवेशनबाट १३ वटा विधेयक पारित

मंगलसेन नगरपालिकाको १० औं अधिवेशनबाट १३ वटा विधेयक पारित

सुदूर आज

अछाम – मंगलसेन नगरपालिका, नगरसभाको १० औं अधिवेशन सम्पन्न भएको छ ।

नगरपालिकाका लागि आवश्यक पर्ने विभिन्न १३ वटा बिधेयक पारित गर्दै नगरसभा सम्पन्न भएको हो । अछाम क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनमा नगरसभा सदस्यहरु बाट प्रस्तुत भएका १३ वटा विधेयकहरु र विभिन्न प्रतिवेदनहरु सर्वसम्वत रुपमा पारित गरिएका छन् ।

विधेयकहरुमा नगर शिक्षा समन्धीको बिद्येयक – २०७९, एफ।एम। रेडियो संचालन समन्धीको बिध्ययक – २०७९, स्वास्थ्य तथा सरसफाई समन्धीको बिधेययक (२०७९, तथ्यांक तथा अभिलेख व्यवस्थापन समन्धीको विधेयाक (२०७९ लाई नगरसभा बाट पारित गरिएको छ ।

यस्तै अधिवेशनबाट कर तथा गैर कर राजश्व संकलन समन्धिको बिध्ययक (२०७९, नगर प्रहरी व्यवस्थापन सम्वन्धि बिधेयक (२०७९, कृषि तथा पशुपंक्षी सम्वन्धि विधेयक (२०७९, संघ सस्था दर्ता तथा नविकरण सम्वन्धिको विधेयक (२०७९, वन व्यवस्थापन सम्वन्धि बिधेयक (२०७९, वाताबरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धि बिधेयक (२०७९, विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्वन्धि बिधेयक (२०७९ र  विनियोजन ऐन संसोधन सम्वन्धि विधेयक पारित गरिएको छ ।

नगरसभाको दशौं अधिवेशनबाटै न्यायीक समितिको प्रतिवेदन, बेरुजु सम्वन्धि प्रतिवेदन र जिन्सि प्रतिवेदन पनि सर्वसम्मत पारित गरिएको छ ।

यस्तै नगरसभाबाटै वडा नम्वर १२ का अध्यक्ष खगेन्द्र बहादुर रावलको संयोजकत्वमा ५ सदस्यीय विधायन समिति पनि अनुमोदन गरिएको छ । समितिमा नगरसभा सदस्यहरु दुर्गा प्रसाद भण्डारी, गोकर्ण ढुंगाना, मैसरा थापा र नैन बहादुर कामी सदस्य रहेका छन ।

नगर प्रमुख तथा सभाअध्यक्ष पदम बहादुर बोहराले सुदूरपश्यिम प्रदेशको गाउँ  तथा नगरसभा संचालन ऐन २०७५ बमोजिम नगरसभा संचालन गरेका थिए । विगत वर्षहरुदेखि नै संसदीय अभ्यास अनुसार सभा संचालन गरिरहेको नगरपालिकाले यसपालि अझ परिस्कृत र व्यवस्थित रुपमा सभा संचालन गर्दा नगरसभा सदस्यहरुले नयाँ अनुभव गरेका थिए भने संसदिय पद्धति अनुसारनै नगरसभामा भाग लिएका थिए ।

नगरसभा सदस्य तथा विधेयक प्रस्तुतकर्ताका रुपमा नगर उपप्रमुख संगिता कुमारी रावल, वडा नम्वर १२ का अध्यक्ष खगेन्द्र बहादुर रावल, ३ का अध्यक्ष बृख बहादुर बोगटी, ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, १ का अध्यक्ष लोकराज नाथ, ११ का अध्यक्ष नर बहादुर भण्डारी, ४ का अध्यक्ष नाम सिंह धामी, ५ का अध्यक्ष झंकर प्रसाद भाट, १० का अध्यक्ष जनक बहादुर कुवर, १४ का अध्यक्ष शिव बहादुर सोडारी, ७ का अध्यक्ष राज बहादुर शाही, २ का अध्यक्ष देबेन्द्र बहादुर बोगटी र कार्यपालिका सदस्य कौशिल्ला ठकुल्लाले विभिन्न विधेयक तथा प्रतिवेदन पारित गरियोस भनि प्रस्ताव पेश गरेका थिए ।

सभामा प्रस्तुत विधेयकहरुमा दफावार छलफलमा भाग लिएका सदस्यहरुले आवश्यक सुझाव, जिज्ञासा र धारणा राखे । सभा सदस्यले राखेका सुझाव तथा जिज्ञासाहरुको विधेयक प्रस्तुतकर्ताबाट जवाफ सहित अभिलेख समेत राखिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख पदम बहादुर बोहराले संसदीय अभ्यास अनुसार संचालन गर्नुभएको सभामा अधिवक्ता झंकर बहादुर कुवरले  र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी लगायतले सहजिकरण गरेका ।

नगरपालिकाका सबै नगरसभा सदस्यहरु, कर्मचारीहरु र पत्रकारहरुको उपस्थिति रहेको १० ‍औं नगरसभाको संक्षिप्त प्रतिवेदन शुक्रबार सार्वजनिक गरिने सूचना अधिकारी विष्णु प्रसाद जैशीले जानकारी दिए ।