अछाम : जिल्लाको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदले भावि सन्तानका लागि अहिले नै वन जंगललाई संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।
डिभिजन वन कार्यालय अछामको आयोजनामा बन कार्यालय,स्थानिय सरकार र उपभोक्ता बिच अन्तरक्रिया कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै अध्यक्ष साउँदले अहिले हामीले बन जंगल संरक्षण गर्न सकेनौ भने भबिष्यमा सन्तानले सराप्ने बताए ।
स्थानीय सरकार र सामुदायिक बनको समन्वय नहुन सक्दा सामुदायिक वन र सरकारको दुरी बढेको बताए । अहिले आएको नयाँ एनले अब सामुदायिक वनको संरक्षण र अनुगमन स्थानिय सरकारले गर्ने उनले बताए । वन जंगलको संरक्षण गर्ने दायित्व समुदायका हरेक सदस्यको रहेकाले वन क्षेत्रको संरक्षणमा लाग्न अनुरोध गरे ।
डिभिजन वन कार्यालय अछामका प्रमुख भोजराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देवि शाही बिशिष्ट अथिति रहेकी थिइन् ।
कार्यक्रममा ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक नारायण पोखरेलले मन्तब्य, गाउँपालिकामा रहेका सामुदायिक वनका अध्यक्ष एवम प्रतिनिधिहरुले सामुदायिक वनका समस्या एवम धारणा राखेका थिए ।
प्रतिक्रिया