अछाम: कर्णाली प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ ।
प्रदेश सभाको सभामुख पदका लागि शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
शनिबार अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।
साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा ९एमाले० ले उम्मेदवारको टुङ्गो लगाएको छैन । कांग्रेसबाट खड्ग पोखरेललाई उठाउने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सभामा कांग्रेसका १४, नेकपा ९माओवादी केन्द्र० का १३, नेकपा ९एमाले० का १०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक र एक स्वतन्त्र गरी ४० प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया