मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाल्पा महिला बहुउदेश्यीय सहकारी संस्था तेसिङ्गेको बार्षिक साधारण सभा सम्पन्न

जाल्पा महिला बहुउदेश्यीय सहकारी संस्था तेसिङ्गेको बार्षिक साधारण सभा सम्पन्न


निराजन भण्डारी ,अछाम

अछाम: मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले आर्थिक रूपमा महिलाहरूलाई आत्मनिर्भर बनाउन वडा सरकारबाट कुनै खालको कमी कमजोरी हुन नदिने बताएका छन।

शनिवार सम्पन्न भएको जाल्पा महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेड मंगलसेन ६ को चौथो बार्षिक साधारण सभा कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष भण्डारीले वडावासी महिलालाई सहकारीमा जोडिन आग्रह गर्दै हरेक जोखिमको सामना गर्न बचत गर्न आवश्यक रहेको आँैल्याए।महिलाहरुको क्षमता विकास गर्न वडा सरकार प्रतिबद्ध रहेको बताउदै भण्डारीले आगामी दिनमा कार्य योजना बनाएर अगाडि बढ्ने प्रतिबदता समेत जनाए।

जाल्पा महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकला भण्डारीको अध्यक्षतामा भएको साधारण सभा कार्यक्रमको विशिष्ट अतिथिमा पुर्ब गाविस अध्यक्ष प्रभुनाथ भण्डारी रहेका थिए । विशिष्ट अतिथिको रुपमा बोल्दै भण्डारीले पछिल्लो समय महिलाहरुमा पनि बचत गर्ने बानीको विकास भएको बताए ।

सहकारी संस्थालाई नमुना संस्थाको रूपमा परिचित गराउन आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबदता जनाए ।संस्थाको ३ लाख ६९ हजार १सय ६३ रुपियाँ बराबरको आर्थिक प्रतिवेदन व्यवस्थापक गँगा ढुगाानाले प्रस्तुत गरेकी थिइन्।

यस्तै संस्थाको समसामयिक प्रतिवेदन संस्थाका अध्यक्ष हरिकला भण्डारीले प्रस्तुत गरिन ।अध्यक्ष भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा ५० जना सेयर सदस्य बाट सुरु भएको संस्थामा अहिले सेयर सदस्यको संख्या १सय ८० पुगेको उल्लेख गरिएको छ ।

हाल सदस्यको सेयर पुजी १७हजार ९ सय र यस आर्थिक बर्षमा१लाख ६०हजार २सय ऋण लगानीमा १लाख ६०हजार २सय गरी २ लाख २९ हजार कुल ऋण लगानीमा रहेको बताइएको छ । यस आर्थिक बर्षमा ९ हजार सावाँ असुली गरी २लाख २९हजार लगानी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक बर्षमा बचत कुल रकम २लाख ३७हजार १सय ३ रकम संकलन गरि कुल पुजी ३लाख ३सय ४३।२०पैशा पुगेको बताएको छ ।