मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाज सुधार सेवा नेपालद्वारा अछामका बाढी पहिराे पिडितलाई १ लाख बराबरको राहत वितरण

समाज सुधार सेवा नेपालद्वारा अछामका बाढी पहिराे पिडितलाई १ लाख बराबरको राहत वितरण


निराजन भण्डारी, अछाम : समाज सुधार सेवा नेपाल संस्थाले अछामका बाढी पहिराे पिडितलाई वितरण गरेकाे आर्थिक रकम सार्बजनिक गरेकाे छ ।

समाज सुधार सेवा नेपाल संस्था अध्यक्ष बसन्त भाटका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ८ ढाकु मृतक गम्भीर,भाना,डिग्रा,कलु र कल्पना दमाईका अभिभावक गाेपाल दमाईलाई प्रति परिवार ५ हजारका दरले २५ हजार आर्थिक रकम कार्तिक १२ गते वडा अध्यक्ष प्रजा बहादुर बाेगटीकाे उपस्थितमा हस्तान्तरण गरिएकाे संस्थाका सचिव भाेजराज भाटले जानकारी दिए ।

कमलबजार नगरपालिका वडा नम्बर ६ विरपतका मुतक परिवारका अभिभावकलाई पनि आर्थिक रकम सहित १ थान न्यानाे बल्यांकेट हस्तान्तरण गरिएको पनि बताईएको छ । मृतक अमृता,मैकला,अर्धना र निखिलका कामीका अभिभावक नम बहादुर कामीलाई ७ का दरले २८ हजार अर्थिक रकम र १ थान न्यानाे बल्यांकेट पनि हस्तान्तरण गरिएकाे हाे ।

यस्तै मृतक समिता, गिता र सिरू कामीका परिवारका मुख्य व्यक्ति इन्द्र कामीलाई ७ का दरले २१ हजार आर्थिक रकम र एक थान न्यानो बल्यांकेट वडा सदस्य प्रेम बहादुर शाहीकाे उपस्थितमा वितरण गरिएको थियाे । उता जिल्लाकाे तृमाखाँद गाउँपालिका वडा नम्बर ५नाडाका ३ जना मृतक परिवारका अभिभावकलाई पनि आर्थिक सहयाेग गरिएकाे संस्थाले जनाएकाे छ।

मृतक नेत्र, मनिषा र विमला शाहीका अाफन्त रूपेन्द्र बहादुर शाहीलाई प्रति सदस्य ७ हजारका दरले २१ हजार रकम हस्तान्तरण गरिएको थियो भने अर्को मृतक कल्पना,सुन्दर, मेलिना,करिस्मा र भावना शाहीका आफन्त रिढे शाहीलाई प्रति सदस्य ७ का दरले ३५ हजार अर्थिक सहयाेग गरिएकाे थियाे ।

यस्तै मृतक जानकी शाहीका अभिभावक मिन बहादुर शाहीलाई ७ हजार अर्थिक रकम वडाका अध्यक्ष महेन्द्र बहादुर शाहकाे विशेष उपस्थितमा हस्तान्तरण गरिएको थियाे । यस्तै ढकारी गाउँपालि ६ ढुँगाचाल्नाका मृतक नवीन बुढाका आफन्त तथा वडा सदस्य कमल बुढालाई ७ हजार आर्थिक रकम पूर्व वडा अध्यक्ष नर बहादुर बुढा वडा सदस्य दमन बाेगटीकाे उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियाे ।

मेरिल्याण्ड अमेरिकाबाट संकलित १लाख ४४ हजार आर्थिक र १०हजार बराबरको जिन्सी सामाग्री गरी जम्मा १लाख ५०हजार बराबरको राहत वितरण गरिएको समाज सुधार संस्थाका अध्यक्ष बसन्त भाटले जानकारी दिनुभयाे । दुखदायी विपत्तिकाे अवस्थामा संस्थाले गरेको अपिल सहजै अात्मसाथ गरेर अमेरिकाको मेरिल्याण्डमा बसाेबास गरिरहनु भएका सुदुरपश्चिमेली नेपाली समाज मेरिल्याण्डका अध्यक्ष सगुन विक्रम शाह र हंश राज भाट,लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूकाे पहलमा राहत संकलन गरिएको रकम समाज सुधार सेवा नेपाललाई पठाइ दिएकाे प्रति संस्थाका अध्यक्ष भाटले धन्यवाद पनि दिए ।

विपतकाे समयमा सानाे रकमले पनि बाढी पहिराे पिडितकाे घाउमा मलहम पट्टी लगाउन सहयाेग पुगाेस भन्ने हेतुले राहत वितरण गरिएकाे अध्यक्ष भाटकाे भनाई रहेकाे छ । मानवीय उद्वार तथा मानव सेवाका कार्य गरिब एवम दिनदुखीकाे माझमा अाफनाे संस्था जहिले पनि साथमा रहिरहने प्रतिबदता समेत जनाए ।

गत भाद्र ३१ गते अाएकाे अविरल वर्षाका कारण जिल्लाकाे कमलबजार नगरपालिका,ढकारी,तृमाखाँद गाउँपालिका मानवीय तथा भाैतिक क्षति भएकाे थियाे ।