मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पौष महिनामा अछाम प्रहरीमा १० मुद्दा दर्ता, १४ अभियुक्त पक्राउ

पौष महिनामा अछाम प्रहरीमा १० मुद्दा दर्ता, १४ अभियुक्त पक्राउ

सुदूर आज

टेकराज भण्डारी ,अछाम

अछाम: जिल्ला प्रहरी कार्यालय अछामले २०७९ पुस महिनामा सम्पादित प्रमुख कार्य प्रगति सार्वजनिक गरेकाे छ ।

जस अनुसार अछाम जिल्लामा सार्वजनिक शान्ति विरुद्धका अपराध तथा घरेलु, लैंगिक हिसाको मुख्य रुपमा मानिएको अवैध मदिरा नियन्त्रण कार्यलाई अभियानको रुपमा संचालन गरिरहेकाे छ । पाैष महिना भरिमा ३९ लि. अवैध घरेलु मदिरा र ३० लि. न्यून गुणस्तरिय मंदिरा बरामद गरी नष्ट गरिएको छ ।

पुस महिनामा १० मुद्दा दर्ता भई १४ जना अभियुक्तलाई पक्राउ गरिएको सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउँदले बताउनु भयाे । जसमा भवितव्या- २, जवरजस्तीकरण उद्योग- २. जवरजस्तीकरणी १, अभद्र व्यवहार- १, चोरी-१, लागुऔषध – २ र सार्वजनिज शान्ति बिरुद्द मुद्दा रहेका छन् ।

१४ जना अभियुक्त पक्राउ गरी कानून बमोजिम कारवाहीको दायरामा ल्याईएको प्रहरीले जनाएको छ । अदालतको फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका जातिय छुवाछुत मुद्दाका ४ जना र बहु बिवाहका १ र खरखजनाका १ जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।

समुदाय प्रहरी साझदारी कार्यक्रम अन्तर्गत पुस महिनामा लागुऔषध दुर्व्यवसनि, छुवाछुत, कोमिङका १९ तथा अन्य जनचेतनामुलक कार्यक्रमहरु जिल्ला भरी जम्मा ३१ वटा सञ्चालन गरी १६१ जना लाभान्वित भएका बताईएकाे छ । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने प्रयास अन्तर्गत पुस महिनामा ट्राफिक नियम उलङघन गरेका ४०७ वटा सवारी साधन लाई कारवाही गरी रु २,२८,५००/- राजस्व संकलन भएको। पुस महिनामा सार्वजनिक बिदाको दिन अनुमति बिना चलाएका सरकारी नम्बर प्लेट भएका सवारी साधन ९ वटा माेटरसाईकल र १ जीपलाइ कारबाही गरिएको सुचना अधिकारी साउँदकाे भनाइ छ ।

पुस महिनामा घरेलु हिंसा सम्बन्धी ३ वटा उजुरी दर्ता भएको र फर्म्याट गरेको प्रहरीले जनाएको छ ।ल पुस महिनामा हराएका महिला बाल बालिका सम्बन्धी एक उजुरी दर्ता भई महिलाको तदारुकताका साथ खोजतलास भईरहेको छ । ‘पुस महिनामा जिल्ला प्रहरी कार्यालय अछामको नागरीक सहायता कक्षबाट पुरुष १०७ महिला ८३ गरी जम्मा १९० जनालाई नागरिक सेवा प्रवाह गरिएको प्रहरीले जनाएको छ ।

पाैष २२ गते साँफेबगर नगरपालिका वडा न. ३ बाट लागु औषध चरेस सहित दुई जना मानिसलाई पक्राउ गरी थप अनुसन्धान भइरहको छ । पाैष २३ गते साफेबगर न.पा. ३ टोटासाल बजारमा माेटरसाईकल चोरी गर्ने तिन जनाको गिरोह मध्ये दुई जनालाई प्रकाउ गरी थप अनुसन्धान भई रहेको र फरार एक जनाको खोजतलास कार्य जारी रहेको छ भने कैलाली गोदावरी न.पा. २ बाट चोरी भएको भनिएको माेटरसाईकल खोजतलास गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाईएकाे अछाम प्रहरीले जनाएको छ ।

पुस महिनामा सार्वजनिक बिदाको दिन अनुमति बिना चलाएका सरकारी नम्बर प्लेट भएका सवारी साधन ९ वटा मोटरसाईकल र १ जीपलाइ कारबाही गरिएको सुचना अधिकारी साउँदको भनाइ छ ।

पुस महिनामा घरेलु हिंसा सम्बन्धी ३ वटा उजुरी दर्ता भएको र फर्म्याट गरेको प्रहरीले जनाएको छ । पुस महिनामा हराएका महिला बाल बालिका सम्बन्धी एक उजुरी दर्ता भई महिलाको तदारुकताका साथ खोजतलास भईरहेको छ ।

ुपुस महिनामा जिल्ला प्रहरी कार्यालय अछामको नागरीक सहायता कक्षबाट पुरुष १०७ महिला ८३ गरी जम्मा १९० जनालाई नागरिक सेवा प्रवाह गरिएको प्रहरीले जनाएको छ ।

पौष २२ गते साँफेबगर नगरपालिका वडा न ३ बाट लागु औषध चरेस सहित दुई जना मानिसलाई पक्राउ गरी थप अनुसन्धान भइरहको छ ।

पौष २३ गते साफेबगर न।पा। ३ टोटासाल बजारमा मोटरसाईकल चोरी गर्ने तिन जनाको गिरोह मध्ये दुई जनालाई प्रकाउ गरी थप अनुसन्धान भई रहेको र फरार एक जनाको खोजतलास कार्य जारी रहेको छ भने कैलाली गोदावरी न।पा। २ बाट चोरी भएको भनिएको मोटरसाईकल खोजतलास गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाईएको अछाम प्रहरीले जनाएको छ ।