मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मालिका विकास संघ मार्फत सञ्चालन भएका गतिविधि प्रभावकारी छन : सहभागी

मालिका विकास संघ मार्फत सञ्चालन भएका गतिविधि प्रभावकारी छन : सहभागी

सुदूर आज

अछाम: मालिका विकास संघ मार्फत संचालन भएका गतिविधि प्रभावकारी भएको एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन ।

अछाम जिल्लामा कृयाशिल मालिका विकास संघको परिवर्तन परियोजना मार्फत जिल्लाका मंगलसेन नगरपालिका, पंचदेवल विनायक नगरपालिका र चौरपार्टी गाउपालिकामा भएका गतिविधि निकै राम्रो भएको भन्दै परियोजना मार्फत भएका कामको खुलेर प्रशंसा गरेका हुन ।

शनिबार मंगलसेनमा आयोजना गरिएको जिल्ला स्तरिय बहुसरोकारवाला मञ्च तथा परिवर्तन परियोजनाको अनुभव आदान प्रदान कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाले यो कार्यक्रमको प्रभावकारीता राम्रो देखिएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।

मंगलसेन नगरपालिका वडा न ५ की कविता बिकले मालिका विकास संघको परिवर्तन परियोजनाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन विभिन्न खालका कार्यक्रमहरु संचालन गरेकाले ग्रामीण क्षेत्रका महिलाहरु अहिले सशक्त भएको बताईन ।

यही परियोजनाको आर्थिक सहयोगमा आफ्नो टोलका ३० जना महिलाहरुको समुहले ईन्टरकल ईट्टा उद्योग संचालन गरेको बताउदै यसले समुहका महिलाहरुको आर्थिक अवस्थामा सुधार आएको कविताको भनाई छ । परियोजना मार्फत महिलाहरुको नेतृत्व, ब्यक्तित्व र उद्यमशिलतामा विकास भएको उल्लेख गरिन् ।

पञ्चदेवल विनायक नगरपालिका वडा न ४ की सरस्वती रावलले मालिका विकास संघको परिवर्तन परियोजनाले आफ्नो वडामा प्रशंसनिय काम गरेको बताईन् । उनका अनुसार पहिले दुईचार जना सहभागि भएको ठाउमा उठेर बोल्न नसक्ने महिलाहरु अहिले हरेक ठाउमा आवाज उठाउन सक्ने भएका छन् ।

वडा तथा नगरपालिका बाट दिईने सेवा, नागरिकको कर्तव्य लगायतका विषयमा आफ्नो समुहका सबै महिला दिदि बहिनी जानकार हुनुका साथै पालिकामा महिलाहरुलाई उद्यमी बनाउन विभिन्न किसीमका उद्योगहरु संचालन गरको उनको भनाई छ ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले मालिका विकासल संघले जिल्लामा प्रभावकारी काम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै संस्थाको प्रशंसा गरे ।

गा्रमिण क्षेत्रका महिलाहरुको सर्वाङ्गगीण विकासका लागि संस्थाले राम्रो काम गरेकाले आगामी दिनमा यस्ता कार्यक्रम संचालन गरि स्थानीय सरकारलाई थप सहयो गर्नुपर्ने बताए । अहिले पनि समाजका महिलाहरु विभिन्न कारणले पछि परेका हुदा उनीहरुलाई सशक्त बनाउने काम मालिका विकास संघको परिवर्तन परियोजनाले गरेकाले आफुहरुले खोजेको परिणम पनि यस्तै रहेको नगर प्रमुख बोहराले बताए ।

कार्यक्रममा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद, रामारोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष विन्दु रावल, मालिका विकास संघका कार्यकारी निर्देशक कृष्ण बहादुर रावल, मालिका विकास संघका अध्इक्ष हेम बहादुर विश्वकर्मा, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगायतले मन्तब्य राख्दै मालिका विकास संघले संचालन गरेका गतिविधि प्रभावकारी देखिएको हुदा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सहजिकरण मालिका विकास संघका कार्यक्रम संयोजक रतन बहादुर रावलले गरेका थिए ।