मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावी बाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष साँउद

चुनावी बाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष साँउद

नयाँ बर्षमा पालिकाको आफ्नै प्रशासकीय नयाँ भवनबाट सेवा प्रदान गरिने


अछाम : जिल्लाको चौरपाटी गाँउपालिकाका अध्यक्ष भिम बहादुर साँउदले नयाँ बर्षमा पालिकाको कामकाज पालिकाको आफ्नै भवन बाट हुने बताएका छन् । चैत्र मसान्त भित्र सम्पूर्ण काम सकेर बैशाखबाट आफ्नै भवनबाट सेवा दिने तयारी भईरहेको बताए ।

भिम बहादुर साउद

सुदूरआज संग कुरा गर्दै अध्यक्ष साँउदले भाडाको घरमा बस्दा पालिकालाई आर्थिक भार बढी भएको भन्दै निर्माणको जिम्म लिएको कम्पनीलाई चैत्रसम्मको समयसिमा दिएको र बैशाखमा पालिकाको नयाँ प्रशासकीय भवनबाट सेवा दिने बताए । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र काम गर्ने जिम्मा लिएको कम्पनीलाई पनि तोकता गरिएको अध्यक्ष साँउदको भनाई छ ।

गाँउपालिकाको १ करोड ७५ लाख र संघिय सरकारको १ करोड ७५ लाख समपुरक अनुदान गरी साढे ३ करोडको लागतमा प्रशासकीय भवन निर्माण भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले बताए । ३ बर्ष अघि सम्झौता भई निर्माण कार्य सुरु गरेर गत बर्ष नै भवन निर्माण भईसक्नुपर्ने भएपनि सो नहुदाँ एक बर्ष म्याद थप गरिएको उनले बताए । चत्रै महिना भित्र जसरी पनि काम सक्ने निर्माण कम्पनीले बचन दिएको उनले बताए ।

बिजुली बिस्तार ।

अध्यक्ष साँउदले आफु अहिले चुनावी प्रतिष्पर्धा गर्दा बोलेका बाचाहरु परा गर्ने अभिायनमा रहेको बताए । चौरपाटी गाँउपालिका भित्र बिजुली बत्तीको पहुँच नपुगेका सोकट, सिउडीको केही ठाँउमा बिजुली बिस्तार थालेको उनले बताए । यस्तै बर्षातमा बन्द भएका सड्क सञ्चालन र सड्क सञ्जाल नजोडिएका ठाँउमा सड्क पुर्याउने काम समेत भईरहेको उनको भनाई छ ।

नयाँ बर्षमा पालिकाको आफ्नै प्रशासकीय नयाँ भवनबाट सेवा प्रदान गरिने ।
चौरमाण्डौँ अस्पतालमा आकस्मिक सेवा सञ्चालन, रेबिज बिरुद्धको खोप सेवा अब चौरपाटी मै ।
जनताका आवश्यक्ता अनुसार बास्तविक समस्याको पहिचान गरी योजना बनाउने ।

चौरमाण्डौँ अस्पतालमा आकस्मिक सेवा सुचारु ।

अध्यक्ष साँउदले आफु निर्वाचित भएर आईसकेपछि स्वास्थ्य, शिक्षा, पूर्वाधार, स्वरोजगार लगायतका कार्यक्रमलाई प्राथमिक्ता दिएका बताए । चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रमा यसअघि आकस्मिक सेवा नहुदाँ यस क्षेत्रका बिरामीले टाढा टाढा जानुपर्ने बाध्यताको अन्त्य गरी अस्पतालमा ईमरजेन्सी सेवा सुचारु गरिएको अध्यक्ष साँउदले बताए । यस्तै पालिकामा बदेल, कुकुर लगायतका जनावरको टोकाईका लागि रेबिज बिरुद्धको खोप लगाउन जिल्ला अस्पताल वा बयालपाटा जानुपर्ने बाध्यतालाई अन्त्य गरी चौरपाटी मै सो सेवा सुरु गरिएको उनले बताए ।

माहुरी पालन व्यावसायको थालनी ।

पालिकाका बिभिन्न ठाँउ जहाँ खानेपानीको पहुँच छैन त्यहाँ खानेपानीको लाईन बिस्तार गरिएको अध्यक्ष साँउदको भनाई छ । यस्तै बेरोजगार युवालाई रोजगार दिलाउन स्वरोजगार कार्यक्रम अघि बढाउने योजना अनुसार पहिलो चरणमा माहुरी पालन व्यावसाय गर्न २० जनालाई तालिम प्रदान गरिएको र अब घार उपलब्ध गराउने उनले बताए ।

कृषकलाई अनुदान ।

पालिका कृषी तथा पशुपक्षीका कार्यक्रमलाई समेत प्राथमिक्तामा राखिएको अध्यक्ष साँउदको भनाई छ । बाख्रा, कुखुरा, बंगुर पालन र तरकारी खेतीमा कृषकलाई आर्कषित गर्ने कार्य अनुसार अनुदानका कार्यक्रम अघि बढाएको उनले बताए ।
पालिकामा पर्यटन प्रर्बद्धनको लागि धार्मिक स्थल देबथुम, मष्टाबण्डाली लगायतका क्षेत्रको विकास र प्रचार प्रसारको लाािग पहल भईरहेको उनले बताए । यस्तै सुदूरपश्चिमकै प्रचुर पर्यटनको सम्भावना बाकेको खप्तड क्षेत्र जाने बाटो सहजताका लागि चौरपाटी, पूर्वीचौकी र साँफेबगर संग सहकार्य गरेर साझा कार्यक्रम सहित सडक निर्माणको योजना बनाईने समेत उनले सुनाए ।

जनताको आवश्यक्ता अनुसार योजना छनोट गरिने ।

आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम ल्याउनु पूर्व नै चौरपाटीका सबै टोलमा पुगेर जनताका आवश्यक्ता अनुसार बास्तविक समस्याको पहिचान गरी योजना बनाउने लक्ष्य लिएको अध्यक्ष साँउदले बताए ।