अछाम : नेपाली कांग्रेस अछामका युवा नेता वेद प्रकाश तिमिल्सैना पार्टीको सुदूरपश्चिम प्रदेश कार्यसमितिमा मनोनित भएका छन् ।
पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर १ कुईका घर भएका कांग्रेस अछाम क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि तिमिल्सैना प्रदेश कार्य समिति सदस्यमा मनोनित भएका हुन् ।
कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले काँग्रेसको बिधानको २०१७ संशोधित २०७५ को धारा १३ (६ झ) बमोजिम आइतवार तिमिल्सेनालाई प्रदेश सदस्यमा मनोनयन गरेको हो ।
प्रदेश सभापति बिर बहादुर बलाएरले तिमिल्सेनालाई प्रदेश कार्य समितिको सदस्यमा मनोनित गरेका हुन् ।
विद्यार्थी जीवनदेखि नेविसंघमा सकृय रहेका उनि नेपाल प्रेस युनियनको नेतृत्व गर्दै पत्रकार महासंघ अछामको दुई कार्यकाल अध्यक्ष भएका थिए ।
नेपाली काँगे्रसको १३ औँ महाधिवेशनबाट पार्टीमा सकृय हुँदै सहसचिव र प्रवक्ताको जिम्मेवारी सम्हालेका उनि सामाजिक सेवामा समेत क्रियाशिल रहेका छन् ।
यस्तै पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख हर्क बहादुर रावल प्रदेश कार्य समिती अन्र्तगत संगठन बिभागको सदस्यमा मनोनित भएका छन् ।
प्रतिक्रिया