मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर महोत्सवको चौथो दिन ११ हजार बढी दर्शकद्वारा अवलोकन

साँफेबगर महोत्सवको चौथो दिन ११ हजार बढी दर्शकद्वारा अवलोकन

सुदूर आज

अछाम : साँफेबगरमा माघ २७ गतेबाटसुरु भएको ५ औँ साँफेबगर महोत्सवको चौथो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले माहोल तताएका छन् ।

साेमबार राष्ट्रिय कलाकार एलिना चौहान , रुबिना अधिकारी, महेन्द्र बि.सि, धर्मेन्द्र सुनार र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती राखेका थिए । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्वसमा स्थानीयको उत्साहजनक सहभागिता रहेको छ ।

आज (साेमबार) चौथो दिन ११ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । चौथाैं दिन ८ हजार १ सय भन्दा बढी टिकट विक्री भएको महोत्सव मुल आयोजक समितिका प्रवक्ता लालबहादुर कुँवर (नेत्र) ले जानकारी दिए।

महोत्सवको पाँचौ दिन भोली (मंगलबार) चर्चित गायिका सम्झना लामिछाने , चिज गुरुङ , सोभा त्रिपाठी ,मोडल रोजी कुँवर लगाएत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा २५ भन्दा वढी स्टल राखिएका छन् । माघ २७ गते देखि शुरु भएको महोत्सव फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।

भलिबल प्रतियोगितामा भोलि ४ खेल हुने

यसै गरि भाेलि (मंगलबार) भलिवल खेलमा ४ खेल खेलाईने छ । पहिलाे खेल बान्नीगढी गाउँपालिका भर्सेश ईन्र्दसरा आयोल स्टाेर भने दाेस्राे खेल एन्जिला पुस्तक पसल भर्सेश बुढीगंगा नगरपालिका बाजुरा बिच हुनेछ ।

तेस्रो खेलमा पहिलाे सेमिफाइनल साँफेबगर नगरपालिका भर्शेस मेल्लेख गाउँपालिका बिच हुनेछ भने दाेस्राे सेमिफाइनल खेल पहिलाे र दाेस्राे खेलका बिजेता बिच हुने खेल संयाेजक चेतमान बिक्रम शाहले जानकारी दिए ।