मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ३ पालिकामा बिशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिबिर संचालन हुदैँ

अछामका ३ पालिकामा बिशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिबिर संचालन हुदैँ


अछाम । जिल्लाका बिभिन्न ३ ठाँउमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका र मंगलसेन नगरपालिकामा शिबिर हुन लागेको हो ।

काठमाण्डौँ मेडिकल कजेलसंगको सहकार्यमा बिनायकमा फागुन ७ र ८ गते, मंगलसैनमा ९ गते र कमलबजारमा १० गते स्वास्थ्य शिबिर हुन लागेको हो ।

शिबिरमा सामान्य चिकित्सा, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मुटुरोग, मानसिक तथा नसा रोग, हार्डजोर्नी तथा नसारोग, छाला तथा यौन रोगको उपचार निशुल्क हुनेछ ।

यस्तै शिबिरमा नाक, कान, घाँटी, दन्त सेवा, न्यूरो सर्जरी, मृगौला रोग, भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण लगायतका सेवा हुनेछन् ।

शिबिरका लागि काठमाण्डौँ मेडिकल कलेजबाट १८ जनाको बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली आउने भएको छ ।