मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राईझुमाको यादमा तिमिल्सैना

राईझुमाको यादमा तिमिल्सैना


वेदप्रकाश तिमिल्सैना

उहिले अछाम लगायत पश्चिम नेपालको सेरोफेरो लाई देश विदेश सम्म चिनाउने काम राईझुमाले पनि गरेकी हुन । यो ठाउँ लाई जति परिचीत गराईन उनको चर्चा अनि लोकप्रियता पनि उत्तिकै चुलियो । त्यसैले पनि होला कर्णाली र सुदुर पश्चिम प्रदेश (साविकको मध्यपश्चिम र सुदूरपश्चिम ) पुग्ने जोकोहीले राईझुमा लाई याद गर्छन । अनि सबैको चासो र चिन्ता अछामकी चेली राइझुमा तर्फ केन्द्रित हुन्छ । उहिले मात्रै कहाँ हो र १ अहिले पनि यहाँको माटो स्पर्स गर्ने हरेकको मनमा, दिमागमा, मुटुमा, आँखामा अछामी सुगन्ध बोलेकी उहिले कि राइझुमा नाचिरहेकी हुन्छिन ।

बसन्त ऋतु आगमनसंगै हावाहुरीले पुराना पालुवा झार्दै गर्दा पनि राईझुमाको खोजी भैरहेको छ । अनि सिन्दुर हाली सजिएकी नव(यौवना जस्तै हरियाली हुने बसन्तको अन्तमा पनि उनैको अवस्य खोजी हुनेछ । जहिल्यै वसन्त ऋतु र विशु संक्रान्तिमा सबैभन्दा बढी खोजी पनि राईझुमाको हुने । हो, धेरै बर्षदेखि बसन्तको आगमन र विशुको स्वागतमा उनी देखीएकि छैनन । उनी नदेखिएको कति भयो ठ्याक्कै एकिन छैन । तर राईझुमा गुमनाम भएको बर्षौ चाहिँ भयो ।

राईझुमा कहाँ होलिन रु यो र यस्तै जिज्ञासाले धेरै लाई उद्वेलित तुल्याउछ पनि । कयौं यादहरु विते कयौं यादहरु सम्झनाको तरेलिमा बयली खेल्न आउछन, तर राईझुमा अहिलेसम्म झुल्केकी छैनन । हाम्रो लोक संस्कृतिलाई देश बिदेश चिनाउने राईझुमा अहिले चुपचाप मात्र होइन गुमनाम छन । उनि कहाँ छन, के के गर्दैछन धेरैलाई थाहा छैन । तसर्थ पनि राइझुमाको देउडा गाउने , खेल्ने र गुनगुनाउने सेरोफेरोमा उनको बारेमा खुब चासो र चिन्ता छ ।

हाम्री चेली राईझुमा । सबैकी प्यारी राईझुमा अछाममा मात्र सिमित भइनन् । यज्ञराज उपाध्यायको साथमा लागेर देश परदेश मात्र होइन् दुरदेशसम्म पुगिन । दूर देशको यात्रा अघि उनी ५० को दशकसम्म अछामसम्म सिमित थिइन् । अछामका उकाली ओरालीमा हिँड्ने लेखऔल पुग्ने राईझुमालाई यज्ञराज उपाध्यायले सबैतिर परिचित बनाउन खुब मिहिनेत गरे । २०५० सालमा यज्ञराज उपाध्यायसँग भेट भएपछि उनको गन्तब्य फेरियो । उनी नेपाल पुगिन् । अर्थात् राईझुमाले काठमाडांैंको यात्रा गरिन् ।

अछामको सेरेफेरो भन्दा बाहिर डोटी, बाजुरा र दैलेख मात्र चिनेकी उनी नेपाल पुगिन् । काठमाडांै, सुर्खेत अनि दिपायल उनका मन मुटुका ठाउँ । जत्तिको माया उनलाई साँफेदेखि श्रीकोटसम्म मिलेको थियो त्यो भन्दा बढी माया राजधानीमा मिल्यो । अनि उतै(उतै भुलिन् राईझुमा । कहिले कहीँ सुर्खेत हुँदै अछाम पुगिन् । कहिले दिपायल भएर साँफे पुगिन् । साँच्चै उनको आफ्नो अछामसँगको निकटता कहिल्यै कम भएन । राईझुमा आफू जता झुमे पनि उनको मनमा जहिल्यै अछाम झुमी रह्यो । उनको मन मुटुमा अछाम नाची रह्यो । उनको ठाणी भाका नसुन्ने कमै होलान् । अछामका उकाली ओरालीमा उनका गीतको राज थियो र छ पनि ।

राईझुमाले कानमा औला राखेर
‘लड्की हडनु बयालपाटा फर्कि हेर्नु साफ्या
मान्छे राम्रो मन मिल्याको पंक्षी राम्रो डाफ्या’

भनेर ठाणी भाका गाएको आज पनि सबैले याद गरेका छन् । गुमनाम राईझुमा र चर्चित राईझुमा यी दुबै अवस्थामा अछाम उनीसँग परिचित छ । दाङ कि कोमल वलीसँगको भेटघाटपछि हाम्री राईझुमाको लोकप्रियता खुब चुलियो । यज्ञराज उपाध्याय र कोमल वलीसँगको साथमा उनी नेपाल डुलिन् । सात समुन्द्र पारी पुगिन् । उतिबेला पनि उनी खुब लोकप्रिय । त्यसबखतको कुरा गर्दा उनको लोकप्रियता कहाँ कम भएको छ र १ परिपक्वता बढेको छ । अझै पनि उनको लोकप्रियता घटेको छैन । उहिलेको अवस्थामा कायम छ । हो त्यही लोकप्रियताका बलले हाम्री चेलीले दुनियाँ देखिन् । पश्चिम नेपाललाई संसारभर चिनाउने काम गरिन् । अरु शहरको कुरै छैन राजधानी काठमाडांै समेत उनको लागि पानी पँधेरो । ढल्ले अनि बिजउरा डाँडाको उकालो चढेर साँफे मंगलसैनको यात्रा गर्ने राईझुमा ।

जिल्लाको पूर्वी क्षेत्रका तल्लो र मल्लो भूभागमा पुग्ने राईझुमालाई पूरा अछामले चिनेको उतिबेला नै हो । मानसैन हुँदै कमल बजारमा घाँसेको राम पुगेकी छन् । दशैंमा लाग्ने बाजकोटको राम घुमेकी छन् । तितौडा दर्शन गरेर डौठेगणा पुग्ने उनको उपस्थिति सेलगाँउको चैतलो, तिमिल्सैन सैनगणाको राम, जामाको जात्रुसम्ममा पनि रह्यो । उतीबेला छविसको भुवो , बाजकोटको राम , घाटपारी सिगाउडीको जात्रामा सम्म पनी पुगेकी उनी मैठामाणु र बाल्देमाणु सम्म रमाएको धेरैको स्मृतीमा ताजै छ । साँच्चै उनी जहाँ पुगिन् हाम्रो शिर उच्च बनाइन् । जहाँ जहाँ कणरली र सुदूरपश्चिम त्यहाँ त्यहाँ हाम्री राईझुमा । उनले अछाम चिनाइन् । सुदूरपश्चिमका बारे जानकारी गराइन् ।

मध्यपश्चिम ९हालको कणरली प्रदेश० लाई दुनियाँ सामु देखाइन । हाम्री राईझुमा नपुगेको कहाँ छ र रु उनले संसार नापेकी छन् । उनले पूरै पश्चिमलाई दूर देशसम्म चिनाइन । हाम्री चेलीको लोकप्रियता अहिले पनि बरकरार छ । पछिल्लो चर्चा परिचर्चाले उनको प्रसिद्ध झन् बढेको अनुमान लगाउन गाह्रो छैन । यही मंसिरको महिना विवाहको सिजन पनि । वैवाहिक समारोहमा सरिक हुन मैले बर्दियादेखि दाङसम्म फन्को लगाएँ । राईझुमाको रुतवा कम भएको छैन । उनको चर्चा अझै चुलिएको सहजै अनुमान गरियो । राईझुमालाई सम्झिने र खोज्नेहरु अहिले पनि गाउँदेखि शहरसम्म छन् । राईझुमाको याद गर्नेहरु पनि गाउँदेखि शहरसम्मै ।

तर पछिल्लोपटक राईझुमा मुलधारबाट केही पर पुगेकि छन् । नजिकै बसेर पनि केही टाढा । यतिखेर उनी अछामको सुदूर गाउँमा छन् । यहाँका गतिविधिको समिक्षा गरिरहेकाले पनि होला भेट मुलाकात हुन सकिरहेको छैन । मिथक झै लाग्ने राईझुमा पनि मानिस हुन् । उनको पनि मन छ । देश विदेश पुगेकी उनी जिल्लाको अवस्था देखेर चिन्तित भएकि छन् । परिचितहरु भन्छन् दुर्गम पहाडका समस्यासँग एकाकार भएकी उनी उत्साहित छैनन् । राईझुमा अचेल धीर गम्भीर देखिन्छन् । अनुहारको सुन्दरताको चमक कायमै रहे पनि उनी बौद्धिक सुन्दरताले भरिएको सजिलोसँग अनुमान लगाउन सकिन्छ ।

अछाम पुग्ने हरेक मान्छेले आफ्ना बारेमा सोधखोज गरेको राईझुमालाई थाहा छ । मनको कुनमा केही गुनासा लिएर केही असन्तुष्टिका साथ उनले गुमनाम रहन नै आनन्द मानेकी छन् । स्वार्थी दुनियाँ देखेर दिक्क उनी अचेल अछामका सुदूर गाउँमा छन् । देश परदेश पुगिसकेकि उनी अछाम पुगेपछि काममा पनि सक्रिय भैरहन्छन् । यो पालि पनि उनको सक्रियता कम थिएन । कहिले बुढीगंगाको बगरमा, कहिले कैलाशको किनारमा, कहिलेकहीँ चाइरा हुँदै गाउँका खेतसम्म पुगेकी हुन्थिन् । कणरली तिरमा पनि उनको उपस्थिति थियो । किसान परिवारकी राईझुमालाई बाली भित्र्याउन चटारो थियो ।

पचासको दशककी राईझुमा हराएकि होइनन् । उनी गाउँ घरमा घरायसी काममा लागेकी छन् । संसार देखेकी राईझुमा अछाम फर्किन् तर दिक्क मानेर बसिरहेकी छन् । राईझुमा नभेटिए कि होइनन् । उनले कसैलाई भेट्न नखोजेकी हुन् । राजाका गाउँ देखेकि राईझुमा राष्ट्रपतिको गाउँ देख्दा झन् दिक्दार छन् ।

अचेल सुदूर गाउँका वनपाखा मेलापातमा जीवन संघर्षका क्रममा आआफ्नै भोगाइ र अनुभव साझा गरिरहेकी हुन्छन् । सामाजिक सञ्जालको दुनियाँमा राईझुमा पनि सक्रिय छन् । त्यसैले, अछामका हरेक गतिविधि उनले नजिकबाट नियाली रहेकी छन् । अछामी नेताहरूको गफ सुनेर वाक्क दिक्क भएकी राईझुमाको अनुहार हेरेर पनि सहजै अनुमान लगाउन सकिन्छ ।

त्यसैले, अचेल उनी वनपाखामा मेर लाग्ने गरी
दर्नाली कोटको राजा लुगा लाउँदो झुलाई ।
आइजाय बसेका ठौर सम्झी जाय मलाई ॥

भनेर गाएको सुनिन्छ । पाहुना बनेर जिल्ला आउनेहरुले खुसीहरु बाँडेको देख्दा उनलाई पनि गजब लागेको छ । तर पनि साँच्चै राईझुमा किन ओझेल हुन खोजिन् यो प्रश्न आफैमा महत्वपूणर् छ ।

शरद ऋतुमा फूल फूलेर अछाम रंगीचंगी भएको बेला पनि राईझुमा आफ्नै सेरोफेरोमा थिइन् । आजभोलि पनि गहुँ, जौले हरियाली र बसाले ९तोरी० फुलेर पहेलपुर देखिने जिउला सैन र सेरा खेत गणा हेरेर आफ्नै गाउँमा गमक्क परेकी छन् । उनी कहीँ यतिबेला देश, प्रदेश, माल, मधेस र मलबार कहीँ गएकी छैनन् । यतै अछामका उकाली ओरालीको यात्रामा छन् ।

ठाणी भाकामा
सुतारिका भैसा चद्दा किन्मिनी पाटन ।
दिहेल साइ हातको रुमाल सौरडी साटन ॥

भनिरहेकी छन् । राईझुमा नौमुठे गाइकी गोठाली भएर चित्रेको अवरुद्ध पक्की पुल नजिक छिन् । राईझुमाको माथिल्लो कणरलीको असारादेखि जङ्गलघाटका बीचमा ओहोरदोहोर चलिरहेको छ । भारत जान लागेका सवार गाडीलाई हेर्दै रुमाल फट्काउनेमा उनको पनि उपस्थिति रहन्छ । गिट्टी कुट्ने, मजदुरी गर्ने, आमा दिदीबहिनीको बीचमा थिइन् राईझुमा । मेल्लेखको उच्च लेकाली भूभागदेखि ढकारीका सैन र बलाताका मालसम्मै पुगेकी थिइन् उनी । मनमोहक खेतगैरा र सुन्दर खोकलेगैरा जस्ता रमणीय ठाउँ पनि उनको गन्तव्य हुन् ।

माघको महिनामा च्यालत्यार खाने र पुर्‍याउने मध्ये उनी पनि हुन्छन् । उनलाई गाउँघरका आमा दिदीबहिनीको मुस्कान खुब मनपर्ने । त्यसैले पनि त्यही मुस्कानमा अल्झिएका कारण आज उनलाई अछामका उकाली ओराली भञ्ज्याङ र चौतारी खुब प्रिय छन् । प्यारो अछाम, घमाइलो अछाम, रमाइलो अछाम राईझुमाको मुटुमा टाँसिएको छ । अतीतमा घुमेका देश विदेशका सम्झनाको पोको बोकेर दूर गाउँका रुमटा टोल नै राईझुमाका प्रिय बनेका छन् । अछाममा बेला बेला हुने कामले उनलाई खुशी मिल्छ । छाउपडी प्रथा विरुद्धको अभियान शुरु हुँदा उनको खुशीको सीमा थिएन । तर उनका स्थानीयसँग केही गुनासा पनि छन ।

सबैभन्दा पहिले अछाम जिल्लामा विकासका भौतिक पूर्वाधारका क्षेत्रमा भएको अनियमितता उनलाई चित्त बुझेको छैन । त्योभन्दा बढी स्थानीय प्रशासन उदासीन हुँदा उनको चित्त दुखेको छ । गाडीका पैया गुड्ने मध्यपहाडी राजमार्गको गुणस्तर कमजोर काम कमसल हुँदा पनि स्थानीय प्रशासनले देखाएको मौनता आफैमा अर्थपूणर् छ । राईझुमा राष्ट्रिय महत्वको मध्य पहाडी राजमार्गको अछाम खण्डमा नेतृत्वको भूमिकाको खोजीमा छन् ।

मंगलसैनको निर्माणाधीन दरवारको अवस्था हेर्दा उनको आँखा रसाउँछ । निर्माण शुरु भएर पूरा नभएका केही भवनहरुले गिज्याई रहेका छन् । जिल्लामा सडक निर्माणका नाममा निरन्तर चलिरहेको डोजर आतंकले पनि हाम्री चेलीलाई विचलित बनाएको छ ।

त्यसैले यो पंक्तिकारलाई पनि राईझुमाको कुरा खुब मन परेको छ । स्थानीय प्रशासन, यहाँको नेतृत्वले राईझुमा मात्र खोज्ने होइन । राईझुमाहरुका दुःख पनि महसुस गर्न आवश्यक देखिन्छ । गुणस्तरहीन काम गर्ने मध्यपहाडी लोकमार्गको ठेकेदारलाई खोजौं । आफ्ना कुरा मात्रै सुनाउने होइन राईझुमाले भनेझैं साँच्चै राईझुमाहरुका दुःख कम गर्न परिणाम आउने गरी काम गर्नु आजको आवश्यकता हो ।

लेखक तिमिल्सैना नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष एवं हाल नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रदेस सदस्य हुन् ।