मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा मन्त्री र उम्मेदवार छान्न कार्यसम्पादन बैठक बोलाइयो

कांग्रेसमा मन्त्री र उम्मेदवार छान्न कार्यसम्पादन बैठक बोलाइयो

यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो।

सुदूर आज

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय लिँदै आएको छ।

सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले क-कसलाई मन्त्री बनाउने टुंगो लगाउन सकेको छैन। यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो।

कांग्रेसले सत्ता गठबन्धन बैठकमा ८ मन्त्रालय दाबी गरेको छ। अर्थ, गृह, परराष्ट्र, रक्षालगायत मन्त्रालय आफूहरूले पाउनुपर्ने उसको माग छ। तर माओवादीले गृह आफैँसँग राख्न चाहेको छ।

कार्यसम्पादन समिति बैठकमा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ। चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले त्यसअघि नै उम्मेदवार तय गरेर जानेबारे सभापति देउवाले पार्टीमा छलफल गर्न लागेका हुन्।

उम्मेदवार हुन आकांक्षीबाट कांग्रेस क्षेत्रीय समितिहरूले आवेदन लिइरहेका छन्। तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ।