मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: विष्णु पौडेल

एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: विष्णु पौडेल

सुदूर आज

अछाम – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले सत्ता गठबन्धनको सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको बताए ।

मिसन ग्रासरूट अभियानमा पार्टी केन्द्रित भएको भन्दै सरकारतिर ध्यान नदिएको उनको भनाइ थियो । उनले भने, ‘हामीले चाह्यो भने एक हप्ताभित्र सरकार ढालिदिन्छौं, तर अहिले त्यतातिर लागेका छैनौं।’

उपाध्यक्ष पौडेलले ग्रासरूट अभियानबाट आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने भनाइ राखे ।

पूर्वउप्रधान तथा अर्थमन्त्री रहेका पौडेलले वर्तमान सरकार आएदेखि सरकार आर्थिक रूपमा निकै कमजोर हुँदै गएको बताए । वर्तमान सरकार जनसवाल भन्दा पद केन्द्रीकृत रहेको पौडेलको दावी छ।

प्रतिपक्षमा बसेर एमालेले सरकारका गलत काममा कडा खालको भूमिका खेल्ने उनको भनाइ छ । एमाले र एकीकृत समाजवादीबीचको एकताको विषयमा पत्रकारको प्रश्नमा एमाले कुनै दलसँग एकता नभएर त्यस पार्टीबाट सदस्य भित्र्याउने क्रममा रहेको बताए ।

एमाले अछामका अगुवा कार्यकर्तालाई मिसन ग्रासरूट अभियानका बारेमा प्रशिक्षण गर्न अछाम पुग्नुभएका पौडेलसँगै एमालेकै केन्द्र सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य कर्णबहादुर थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत छन् । पौडेल ग्रासरूट अभियानका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुग्ने योजना रहेको छ ।