कालीकाेट – कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलाे पटक बिजुली पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाकाे काम सकाएपछि हिजाे काेटवाडामा बत्ती पुगेकाे हाे । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय खुशी भएका छन् ।
नरहरिनाथका अन्य वडामा अहिले विद्युतीय संरचना निर्माणको काम भइरहेकाले अबको केही दिनमा अन्य वडामा पनि बत्ती पुग्ने प्राधिकरण वितरण केन्द्र कालीकोटका प्रमुख इञ्जिनियर विमल कुमार शाहीले बताए ।
बिजुली नपुगेका अन्य पालिकामा विद्युत् पुर्याउने तयारी भइरहेकाे कालीकोट वितरण केन्द्र मर्मत शाखा प्रमुख जयप्रसाद पाण्डेले बताए ।
प्रतिक्रिया