सत्तारुढ १० दलीय गठबन्धनमा जुटेको सहमतिअनुसार आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
काठमाडौं( सत्तारुढ १० दलीय गठबन्धनमा जुटेको सहमतिअनुसार आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
गठबन्धन दलहरूको बुधबार साँझ बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको बताइएको छ।
बुधबारको बैठकमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने पक्का भएको छ। यस्तै, सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टीले २, नेकपा एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने सहमति जुटेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १–१ वटा मन्त्रालय पाउने भएका छन्। अब तीन वटा राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २५ सदस्यीय बनाउने नेताहरूबीच सहमति जुटेको छ।
प्रतिक्रिया