मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैनिक कति हिँड्ने ? व्यायामको नाममा कतै समस्या त निम्तिरहेको छैन ?

दैनिक कति हिँड्ने ? व्यायामको नाममा कतै समस्या त निम्तिरहेको छैन ?


काठमाडौं । हामीलाई थाहा छ, पैदल हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छ । चाहे त्यो नियमित व्यायामका लागि होस् या तौल घटाउन ।

मांंसपेशी बलियो बनाउनेदेखि विभिन्न मुटुसम्बन्धी समस्याको जोखिमबाट टाढा रहन पनि पैदल हिँड्नु फाइदाजनक हुने विभिन्न अध्ययनहरूले पुष्टि गरिसकेका छन् । तर व्यायामका नाममा एकैपटक धेरै हिँड्ने वा दौडिने गनार्ले दीर्घकालीन र गम्भीर समस्या पनि निम्तिन सक्छन् ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफहेल्थ एनआईएच र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सीडीसी०ले हिँडाइबारे केही तथ्य र सुझावहरू प्रकाशित गरेका छन्, जुन यसप्रकार छन् ।

कुन उमेरमा दैनिक कति हिँड्ने ?
सामान्यतय नियमित व्यायमका लागि दैनिक ३० मिनेट पसिना निस्कनेगरी हिँड्नु उपयुक्त मानिन्छ । तर, ३० मिनेटमा कति दुरी या कुन गतिमा हिँड्ने त रु

यसबारे सीडीसी भन्छ– ६ देखि १७ वर्षसम्मका बालबालिकालाई दैनिक एक घण्टा कुनैपनि किसिमको शारीरिक व्यायाम आवश्यक हुन्छ । त्यसमा हिँड्ने दौडिने, खोल्ने जुनसुकै क्रियाकलाप हुनसक्छ । तर सातामा कम्तीमा तीनदिन कम्तीमा ६ हजार पाइला हिँड्नु उनीहरूका लागि पर्याप्त हुन्छ ।

त्यस्तै, १८ वर्षदेखि माथि ६५ का व्यक्तिहरूले नियमित व्यायामका लागि सातामा कम्तिमा १५० मिनेट हिँड्नु उपयुक्त हुन्छ । शारीरिक सुगठनका लागि दैनिक करिब एक हजार पाइला पर्याप्त हुन्छ भने तौल घटाउनुपर्ने भए न्यूनतम १२ हजार पाइला हिँड्नु आवश्यक हुन्छ ।

तर, ६५ वर्षमाथिका वृद्धवृद्धाका लागि अन्य शारीरिक क्रियाकलाप हेरेर दैनिक न्यूनतम तीन हजार पाइला मात्रै हिँड्नु पर्याप्त हुन्छ ।

कसरी हिँड्ने र?
कहिल्यै हिँड्ने बानी नभएका व्यक्तिहरूका लागि सुरुमै धेरै समय हिँड्नु वा दौडिनु स्वास्थकर हुँदैन । सुरुआतमा दैनिक १५ मिनेटदेखि बढाउँदै लैजानुपर्दछ । धेरै स्वाँस्वाँ हुने, बोल्न गाह्रो हुनेगरी हिँड्नु उचित हुँदैन ।

सामान्यतय प्रतिमिनेट ८० देखि ११२ पाइला हिँड्नु स्वस्थकर हिँडाइ हो । सामान्य हिसाबले बोल्नसक्ने अवस्थामा हिँड्नु फाइदाजनक हुन्छ, धेरै हिँड्नु वा दौडिनु मस्तिष्क र शरीरको लागि हानिकारक हुनसक्छ ।

व्यायामकै लागि हिँड्दा पनि झुकेर नहिँड्ने, कुइना र कुमलाई खुला छोडिदिने, कुर्कुच्चा र बुढीऔँला राम्रोसँग टेकेर हिँड्ने तथा खुट्टा तान्ने बानी गर्नुपर्दछ ।

आवश्यकताभन्दा बढी हिँड्नु रोग निम्त्याउनु हो
व्यायामका नाममा शरीरलाई आवश्यक पर्नेभन्दा बढी हिँडाइले अचानक दुर्घटना र दीर्घकालीन रोगहरू निम्त्याउन सक्छन् ।

विशेषगरी मुटुसम्बन्धी गम्भीर समस्या भएका व्यक्तिहरूले कडा व्यायाम गर्न वा दौडिन मिल्दैन । सामान्य स्वस्थ व्यक्तिका लागि हिँड्नु फाइदाजनक भएपनि बाथ मुटुरोग भएका, नसासम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि दौडिनु जोखिमयुक्त हुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उत्तमकृष्ण श्रेष्ठ बताउँछन् ।

एकैदिन लामो समय हिँड्दा थकानसँगै घुँडा र खुट्टाका जोर्नीहरू सुन्निने समस्या देखिन्छन्, यी समस्या एकदुई दिन मात्रै नभइ दैनिक थपिँदै जानपनि सक्छन् ।

आवश्यकताभन्दा बढी हिँड्ने बानीले थकान बढाउँदै लैजाने र दैनिक कार्यमा समेत असर पुर्‍याउँदै जान्छ, यो समस्या दीर्घकालीन बन्न गइ दैनिक पेसालाई नै असर गर्ने अवस्था पनि रहन्छ ।

लामो हिँडाइपछि मांसपेशी कडा हुँदै जानु, छाम्दा तातो र केही संक्रमण भएजस्तो हुनु, छालामा निलो धब्बाहरू देखिनु नकारात्मक असरका संकेतहरू हुन् ।

त्यस्तै, राति निन्द्रा नपर्ने, चिडचिढापन बढ्ने, आवश्यकताभन्दा बढी तौल घट्नेजस्ता समस्याहरू देखिन थाले हिँडाइको समय घटाउनु पर्दछ ।

कतिपय अवस्थामा महिलाहरूमा कडा व्यायामका कारण महिनावारीमा गडबडी तथा एकदमै छिटोछिटो मुड स्वीङे समस्या पनि देखिने गर्दछ । यसरी धेरै वा कडा हिँडाइबाट परेका क्षणिक असरहरू कम गर्न, शरीरलाई आराम दिने, मसाज गर्ने तथा केही समय हल्काफुल्का व्यायाम गरी फेरि विस्तारै हिँडाइलाई बढाउँदै लैजान सकिन्छ । तर दीर्घकालीन असरबारे भने विशेषज्ञको सल्लाह नै आवश्यक हुन्छ ।