फाइल फोटो
अछाम । जिल्लाको बयालपाटा अस्पतालमा निशुल्क आखाँ शिबिर सञ्चालन हुने भएको छ । यहि चैत्र १९ देखि २१ गते सम्म शिबिर सञ्चालन हुने लागेको बयालपाटा अस्पतालले जनाएको छ ।
गेटा आँखा अस्पताल कैलालीको आयोजना तथा बयालपाटा अस्पतालको समन्वय सहकार्यमा शिबिर सञ्चालन हुने बयालपाटा अस्पतालका प्रमुख मेडिकल निर्देशक डा. मन्दिप पाठकले बताए ।
डा. पाठकका अनुसार शिबिरमा मोतिबिन्दुका रोगीहरुको निशुल्क शल्यक्रिया र औषधी उपचार हुनेछ ।
साथै चश्मा आवश्यक भएका बिरामीलाई बिशेष छुटमा चश्मा समेत उपलब्ध गराईने गेटा आँखा अस्पतालले जनाएको छ ।
प्रतिक्रिया