मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कति हुनुपर्छ बच्चाको तौल?

कति हुनुपर्छ बच्चाको तौल?

सुदूर आज

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जन्मदा बच्चाको तौल करिब ३ किलो हुनुपर्छ। तौल तीन महिनामा ५ किलो, ६ महिनामा ६ किलो, ९ महिनामा ७ किलो र एक वर्ष पुग्दा १० किलो हुनुपर्छ। कहिलेकाँही तेस्रो र छैठौं महिनामा बच्चाको तौल घटेको पनि हुनसक्छ। तर बच्चाको तौल थोरै घट्दैमा चिन्ता लिनुपर्दैन।

तौल घट्नु र बढ्नुको अर्थ
बच्चाको निरन्तर एउटै तौल हुदैन। राताराता केही तौल बढेको बच्चा एक दुई दिनपछि घट्न केही सक्छ। अर्थात उसको तौल बढ्नु र घट्नु सामान्य हो। थोरै तौल घटबढ हुदैमा चिन्ता लिनु आवश्यक छैन्। यो सबै बच्चाको हुर्कने प्रक्रिया हो र यसलाई सामान्य रुपमा हेर्नुपर्छ।

के कारण तौल घटबढ हुन्छ?
जब बच्चा बामे सर्न थाल्छन् ९७ देखि १० महिना० उनीहरुको तौल थोरै घट्न सक्छ। बच्चामा फ्याटी टिस्यु र मेटाबोलिजमले सुरुमा तौल बढेपनि स्वतपछि बिस्तारै घट्छ। तसर्थ, बामे सर्दा थोरै तौल घट्नु स्वभाविक हो, तौल घट्दैमा चिन्तित हुनु पर्दैन। सामान्य बिरामी हुँदा वा प्रयाप्त नखाँदा पनि तौल घट्छ। तर निरन्तर तौल घट्यो भने वाल रोग विज्ञको सुझाब लिनुपर्छ।

कस्तो अवस्थामा चिकित्सकको सल्लाह लिने ?
यदि बच्चाको तौल निरन्तर घट्छ वा हुनुपर्ने तौल पुग्दैन भने बाल चिकित्सकसँग सल्लाह लिनुपर्छ। प्रारम्भिक समयमा नै बच्चाको तौल घटेमा र कमजोर हुन थालेमा चिकित्सकीय उपचार गर्न ढिलाई नगर्नुहोस। किनकी कुपोषणले पनि बच्चाको तौल घट्छ।

खुवाईको तरिकाले पनि बच्चाको तौल पनि घटबढ हुन्छ। भोकाउँदा समयमा दुध खान पाएनन् भने पनि तौल घट्छ। त्यस्तै जतिखेर पनि आमाको दुध चुस्ने बच्चाको तौल तुलनात्मक रुपमा बढी हुन्छ। बच्चा दुब्लाउदै गएपछि तपाईले उच्च क्यालोरियुक्त खानेकुरा खुवाउनु भयो भने पनि उनीहरुको तौल बढ्ने र घट्ने भइरहन्छ। केही बच्चाहरु सन्तुष्ट भएपछि मात्र खान खोज्ने भएकोले उनीहरुलाई खुसी पार्न सक्नुपर्छ।