मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट ढुस्स हुँदा के खाने ?

पेट ढुस्स हुँदा के खाने ?


धेरै चिसो, बासी खानेकुरा, धेरै खानु वा राती ढिला गरी खाना खाएर सुत्दा बेला पेट डम्म फुल्ने वा ढुस्स हुने हुन्छ। यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ।

जुवानो: एक चम्चा जुवानो पिनेर तातो पानीमा मिसाएर खाँदा पेट ढुस्स हुने समस्यामा आराम मिल्छ।

पुदिना: पुदिनाको पातको अचार खाँदा वा तातो पानी र पुदिनाको पात चपाउदा पेढ ढुस्स कम हुन्छ।

कागती पानी: कागती पानीले पनि पेट ढुस्स हुँदा औषधिको काम गर्छ।

सुप: सुप वा दालको रसले पनि पाचनक्रियालाई सहज बनाई पेटलाई आराम दिन्छ।

अदुवा पानी: तातो पानीमा आधा चम्चा अदुवाको धुलो मिसाएर खाँदा चिसोको कारण फुलेको पेटलाई आराम दिन्छ।

दहीस् दहीले पाचन प्रणालीलाई सहयोग गर्छ।

नरिवल पानीस् नरिवल पानीले पनि पेटलाई आराम प्रदान गर्छ।

नोटस् यदि पेट ठिक नभएमा चिकित्सकलाई देखाउनु अनिवार्य हुन्छ।