मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन पौष्टिक तत्वले के काम गर्छ ?

कुन पौष्टिक तत्वले के काम गर्छ ?


१. कार्बोहाइड्रेट 
–     शक्ति प्रदान गर्छ। ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ।
–     यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ।
–     एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

२. प्रोटिन
–     कोष/कोषिकाहरूको बृद्धि विकास गर्छ।
–     खिइएको कोष/कोषिकाहरूको मर्मत–सम्भार गर्छ।
–     समष्टिगत रूपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्छ।
–     एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

३. चिल्लो 
–     शक्ति प्रदान गर्छ।
–    छालाको हेरचाह गर्छ।
–     थोरै मात्राले धेरै शक्ति दिन्छ।
–     भिटामिनहरू जस्तैः ‘ए, डी, ई, के’लाई शरीरभित्र सञ्चालन गर्दछ।
–     एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

४. भिटामिन 
–     यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ। यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन्।

भिटामिन ‘ए’ 
–    स्वस्थ आँखाका लागि
–    छालाको हेरचाहका लागि
–    शारीरिक बृद्धि विकासका लागि
–    अन्य रोगको आक्रमणबाट बचाउन।

भिटामिन ‘डी’ 
–    शरीरको हड्डी बलियो पार्न
–    रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
–    क्याल्सियम जस्ता खनिज तत्व सोस्न।

 भिटामिन ‘ई’  
–    शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
–    रातो रक्त कोष बनाउन
–    भिटामिन ‘ए’, क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
–    कोष/कोषिकाहरू नष्ट हुन नदिन।

भिटामिन ‘के’  
–    शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
–    घाउ–चोट निको पार्न
–    हड्डी बनाउन।

भिटामिन ‘बी’ 
–    कमजोरी र थकान कम गर्न
–    रुचि बढाउन
–    बेरी–बेरी हुन नदिन
–    झाडा–पखला र पेलाग्रा हुन नदिन
–    स्मरण शक्ति कायम राख्न।

भिटामिन ‘सी’ 
–    गिजा सम्बन्धी रोग हुन नदिन
–    छालाभित्र रगतका कोषिका फुट्न नदिन
–    रक्त अल्पताको कमी गर्न
–    विभिन्न रोगको प्रतिरोध गर्न
–    लामो समयसम्म निरोगी राख्न।

५. खनिज तत्व 
क्याल्सियम
–    हड्डी बलियो पार्न
–    दाँत बलियो पार्न
–    मांशपेशी चलमलाउन।

फलाम 
–    शरीरभित्र रगत बन्न
–    रक्त अल्पत्ताको कमी गर्न
–    शारीरिक बृद्धि विकास गर्न
–  रुचि बढाउन
–  विभिन्न रोगबाट बचाउन
–  शरीर स्वस्थ राख्न।

आयोडिन  
– शरीर सुस्त हुन नदिन
– शरीर फुर्तिलो पारिरहन
– गलगाँडबाट बचाउन
– लाटो, लठेब्रो हुन नदिन।

फ्लोरिन 
– दाँतलाई स्वस्थ राख्न

६. पानी 
– सबै पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पु¥याउन
– शरीरको फोहोर–मैला बाहिर निकाल्न
– शरीरमा तातोपना कायम राख्न।