काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ मा दुई महामन्त्रीलाई खटाएको छ ।
तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाएका एक नेताले जानकारी दिए ।
उनीहरु सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ ।
उपनिर्वाचन हुने अर्को क्षेत्र बारा-२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया