मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाण्डाै – सरकारले रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक नखान आग्रह गरेको हो।

मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला बिरामीसँग भौतिक दूरी कायम गर्न मन्त्रालयको सुझाव छ । घरमा कसैलाई रुघाखोकी लागेको भए मास्क लगाउन सूचनामा भनिएको छ ।

यस्तै, खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्न पनि भनिएको छ । बेलाबेलामा साबुनपानीले सफासँग हात धुन, तातो पानी पिउन, बाफ लिन, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान र रुघाखोकी लागेका बेला घरेलु उपचार विधि अपनाउन आग्रह गरिएको छ ।

यस्तै, सम्भव भएसम्म मौसमी फ्लुविरुद्धको खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।