मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटेको आन्तरिक हवाई भाडा आजदेखि लागू, कहाँ जान कति घट्याे (सूचीसहित)

घटेको आन्तरिक हवाई भाडा आजदेखि लागू, कहाँ जान कति घट्याे (सूचीसहित)


काठमाण्डाै – घटेको आन्तरिक हवाई भाडा आज बुधवारदेखि लागू भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।

वायु सेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निर्णयअनुसार काठमाण्डौबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० रुपैयाँ भाडा घटेको छ ।

यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि सात हजार पाँच सय १० रुपैयाँ तिर्नुपर्थ्याे । अब सात हजार ७० रुपैयाँ भाडा कायम गरिएको छ । त्यस्तै पर्वतीय उडान अर्थात् ‘माउन्टेन फ्लाइट’ को भाडा तीन सय ४५ ले घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० रुपैयाँ कायम भएको छ ।

काठमाण्डौ–भद्रपुर तीन सय, विराटनगरका लागि दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाका लागि दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ रुपैयाँ हवाई भाडा घटेको छ । निगमले गएकाे सोमवार हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएकाे थियो ।