मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभाधम्कोट माबिमा सञ्चालन भएको महायज्ञ मुल आयोजक समितीको बैठक सम्पन्न

प्रभाधम्कोट माबिमा सञ्चालन भएको महायज्ञ मुल आयोजक समितीको बैठक सम्पन्न

पत्रकार सम्मेलन मार्फत आयव्याय सार्वजनिक गरिने


अछाम : जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ मा रहेको प्रभा धम्कोट मावी सिद्देश्वर प्रभामा प्राविधिक तथा व्यावसायिक शिक्षा अन्र्तगत बिएस्सी एजी कक्षा सञ्चालनार्थ आयोजना भएको सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितीको बैठक सम्पन्न भएको छ ।

मुल आयोजक समितीका संयोजक मोहन बहादुर कुवँरको अध्यक्षतमा बसेको बैठकले बिभिन्न निर्णयहरु पारित गरेको छ । बैठकले महायज्ञमा भएको आर्थिक बिबरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ ।

हालसम्मको आय अनुसार ३ करोड ४६ लाख ७७ हजार ४८ रुपयाँ रहेको छ भने खर्च ६६ लाख ७८ हजार २ सय ५४ रहेको आर्थिक संयोजक कृष्ण कुवँरले जानकारी दिए ।

बैठकले श्रमिद् भागवत सप्ताह ज्ञान महायज्ञ उत्साहजनक र भव्य रुपमा सम्पन्न भएको भन्दै उक्त कार्यमा सहयोग गर्ने र लगानी गर्ने सबै शिक्षाप्रेमीहरुलाई सम्मान गर्दे पहिलो चरणमा सम्बन्धीत टोलमा गएर कलश बितरण गर्ने र बिबिध कारणले छुटेका प्रशंसा पत्र र थप सम्मान पत्रशरु निकट भबिष्यमै आयोजना गरिने आम भेलाबाट सम्मानजनक तरिकाले प्रदान गरिने निर्णय भएको छ ।

पहिलो चरणको कलश वितरण तथा अभिलेखनमा लक्ष्मण भुलको संयोजकत्वमा भिम बुढा, पदम बहादुर रावत, र मिन आउजी सदस्य रहने गरी समिती समेत गठन गरिएको छ ।

महायज्ञ अवधिभर अहोरात्र खटेर अमृतमय प्रवचन दिने गरु बाल योगेश्वर श्री विजयमूर्ती श्री महाराज र गुरुको टिममा आवद्ध तथा उक्त कार्यक्रम सफल पार्न प्रवासमा बिभिन्न पेशमा आवद्ध महानुभाव सहित बिद्यालयको हितको लागि अहोरात्र खटिने सबै महानुभावहरुको योग्दानको उच्च सम्मान सहित धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बेठकले गरेको छ ।

सप्ताहव्यापी सञ्चालन भएको महायज्ञको उद्घाट सुदुरपश्चिम प्रदेश सभाका प्रमुख माननिय देवराज जोशीले उद्घाटन तथा प्रदेश सरकारका माननिय मुख्य मन्त्री कमल बहादुर शाहले समापन गरेका थिए ।