मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी लक्षण देखिए हुनसक्छ क्यान्सर, कस्ता खानेकुरा खाने ?

यी लक्षण देखिए हुनसक्छ क्यान्सर, कस्ता खानेकुरा खाने ?


काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणहरूमध्येको एक हो क्यान्सर ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि करिब १० मिलियन मानिसको मृत्यु क्यान्सरका कारण भइरहेको छ । नेपालमा बर्सेनि २० हजारको हाराहारीमा क्यान्सरका नयाँ बिरामी थपिने गरेको ग्लोबोक्यानको तथ्यांक छ ।

क्यान्सरको समयमा पहिचान र सही उपचार भए लगभग ५० प्रतिशतसम्म क्यान्सरका केसहरूबाट बच्न सकिने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउँछन् । उनका अनुसार यी आठ लक्षणले क्यान्सरको संकेत गर्दछन्, जसलाई ख्याल गरे सुरुवाती चरणमा क्यान्सर पहिचान गर्न सकिन्छ ।

– शरीरका कुनैपनि भागबाट असामान्य डिस्चार्ज हुनु वा रगत बगिरहनु
– लामो समयसम्म खोकी लागिरहनु र आवाजमा घोक्रोपन आउनु
– अपच वा निल्न कठिन हुनु
– दिसा पिसाबको बानी परिवर्तन हुनु
– बिनाकारण तौल घट्नु
– शरीरका कुनैपनि भागमा गाँठागुँठी देखिनु
– मुसा वा कोठीमा परिवर्तन हुनु
– घाउ लागेको लामो समयसम्म पनि निको नहुनु

यीमध्ये कुनैपनि लक्षण देखिए तुरुन्त विशेषज्ञकहाँ पुग्न डा. श्रेष्ठ सुझाव दिन्छन् । तर, स्वास्थ्य जीवनशैली र खानपानले क्यान्सरलाई टाढै राख्न सकिन्छ ।

क्यान्सरसँग लड्न फोलेटयुक्त खानेकुराहरू जस्तै : सागपात, अण्डा, कुरिलो, टुसा उमारेका खानेुकरा उत्तम हुन्छ ।

त्यस्तै, काउली, बन्दा, मुला, ब्रोकाउली, बेसार, अदुवा, सुन्तला, कागती, गोलभेडा, काफल, ऐँसेलु, किम्बु, अमला पनि क्यान्सरसँग लड्न उत्तम खानेकुरा हुन् ।