मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भावस्थामा ध्यान पुर्‍याउनैपर्ने ६ महत्त्वपूर्ण कुरा

गर्भावस्थामा ध्यान पुर्‍याउनैपर्ने ६ महत्त्वपूर्ण कुरा

सुदूर आज

गर्भावस्थामा महिलालाई त्यसअघि नदेखिएका विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । नियमित चिकित्सकको सल्लाहसँगै गर्भवतीले घरमै रहँदा पनि यो अवस्थामा विशेष ध्यान दिनुपर्छ । सेन्टर फर डिजिज कन्ट्रोल ९सीडीसी०का अनुसार गर्भावस्थामा यी अवस्थाहरूबारे विशेष ध्यान दिनुपर्दछ ।

१। अवधि नपुगी शिशु जन्मिन सक्ने स् सामान्यतया गर्भको पूर्ण अवधि ३९ देखि ४० सातालाई मानिन्छ । तर, विश्वभर प्रत्येक १० मध्ये एकजना शिशु गर्भ अवधि नपुग्दै जन्मिने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रतिवर्ष एक करोड ५० लाख शिशु ३७ साताभन्दा कम ९प्रिम्याचोरिटी० अवधिमा जन्मिने गरेका छन् ।

यसरी मिति नपुग्दै जन्मिएका शिशुमा विभिन्न अशक्तता देखिनुका साथै मृत्युसम्मको सम्भावना हुन सक्ने भएकाले अन्तिम महिनामा गर्भको अवस्था र खतराका लक्षणहरूबारे सजग रहनुपर्छ ।

२। मधुमेहको जोखिम स् कतिपय महिलालाई गर्भावस्थामा मधुमेहको समस्या देखिन सक्छ । यस्तो प्रकारको मधुमेहलाई ‘जेस्टेस्नल डाइबिटिज’ भनिन्छ । यो समस्या गर्भवती भएको २४ देखि २८ हप्ताभित्र देखिन सक्छ ।

सीडीसीका अनुसार ६ देखि ९ प्रतिशत महिलामा गर्भावस्थामा यो समस्या देखिने गरेको छ । यसले आमालाई मात्रै नभई जन्मिने शिशुलाई समेत असर गर्न सक्ने भएकाले थाहा पाउनसाथ चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

३। नियमित फोलिक एसिडरआइरन खाने स् फोलिक एसिडमा हुने भिटामिन ुबीुले शिशुको शारिरीक संरचनाको विकासमा मद्दत पुर्‍याउँछ । आइरन चक्कीले रगतमा हेमोग्लोबिनको मात्रा बढाएर रक्तसञ्चारमा समेत सहजता पु‍र्‍याउँछ । त्यसैले गर्भावस्था अगाडि र गर्भावस्थामा यी दुई कुराहरू नियमित खानु महत्त्वपूर्ण हुन्छ ।

४। धुम्रपान र मद्यपान नगर्ने स् गर्भावस्थामा मद्यपान गरेमा शिशुको भित्री तथा बाहिरी शरीरिक संरचनामा असर देखिन्छ । मद्यपानको मात्रा जति बढ्छ, त्यति नै यसको असर बढी भएको शिशु जन्मिन सक्ने सम्भावना रहन्छ । त्यसैले गर्भावस्थामा धुम्रपान र मद्यपान गर्दै नगर्नु उचित हुन्छ ।

५। खोपको मात्रा पूरा गर्ने स् गर्भावस्थामा तोकिएका खोपको मात्रा पूरा गर्दा आमा र शिशु दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ । नेपालको हकमा गर्भावस्थामा टीटी खोपको दुई मात्रा दिने गरिएको छ । साथै गर्भावस्थामा दिइने खोपले रोग प्रतिरोधी क्षमता पनि वृद्धि गर्छ ।

६। संक्रमण र अन्य रोगको जोखिमबाट बच्ने स् गर्भावस्थामा सरुवा तथा संक्रमणजन्य रोगले छिट्टै आक्रमण गर्न सक्छ । त्यस्तै, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याले आमा र शिशु दुवैलाई दीर्घकालीन समस्या निम्त्याउन सक्छन् ।

संक्रमणजन्य रोगबाट बच्न घरमै सावधानी अपनाउनु र अन्य स्वास्थ्य जोखिमबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।