काठमाण्डौँ : नेपालकै कांछा अभियानता केपी खनाल राष्ट्रपतिबाट बिभुषित भएका छन् । नव बर्ष २०८० को पहिलो दिन जनसेवा श्री पदकबाट खनाल बिभुषित भएका हुन् ।
राष्ट्रपति निवास शितल निवासमा आयोजित एक समारोहका बिच सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट खनालले बिभुषण ग्रहण गरेका हुन् ।
२०७९ सालको संविधान दिवसका दिन विभुषण प्रदान घोषणा भए वमोजिम आज नयाँ बर्षका दिन राष्ट्रपति पौडेलले वातावरण तथा सरसफाइ क्षेत्रमा अनवरत लागिराखेका केपी खनाललाई जनसेवा श्री पदकबाट विभूषण गरेका हुन् ।
खनाल सानै उमेर देखी सामाजिक कार्यमा निकै सक्रियरुपमा लागिराखेका छ्। “म बदलिन्छु, अनि मेरो देश बद्लिन्छ” भन्ने संकल्पका साथ क्लिन काष्ठमाण्डप अभियान देखि हाल मैना देवी फाउण्डेसनको संस्थापक भएर काम गरिरेहका छन् ।
उनी आबद्ध संस्था मार्फत अहिले वातावरण तथा सरसफाइको क्षेत्रमा विभिन्न क्षेत्र तथा निकाय सङ्ग सहकार्य गरेर काम गरिराखेका छन ।
प्रतिक्रिया