अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकामा सुदूरपश्चिममै सबैभन्दा कम बेरुजु देखिएको छ ।
बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम लेखा परिक्षण प्रतिवेदनमा बान्निगढी गाउँपालिकामा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको हो ।
गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ०.९४ प्रतिशत अर्थात् ८८ लाख चार हजार मात्र बेरुजु देखिएको छ ।
जो सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरूमा देखिएको बेरुजुमा सबैभन्दा कम बेरुजु हो ।
प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ ।
बान्निगढी गाउँपालिका आर्थिक वर्ष २०७७/०७८ मा अछाम जिल्लाका दश वटा स्थानीय तहहरुमा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा परेको गाउपालिकाका लेखा अधिकृत नारद खनालले बताए ।
प्रतिक्रिया