मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिका : करोडौँ रकम नियम विपरीत फर्छ्यौट

पञ्चदेवल नगरपालिका : करोडौँ रकम नियम विपरीत फर्छ्यौट

विद्यामन्दिर नमुना मा.वि. लाई विल भरपाई विनै अनुदान रकम भुक्तानी


अछाम :  पञ्चदेवल विनायक नगरपालिकाको नमुना माद्यामिक विद्यालयलाई १ करोड ५० लाख रुपैयाँ नियम विपरीत भुक्तानी दिएको पाइएको छ । 

सङ्घीय सशर्त पुँजीगत शीर्षकबाट नमुना माद्यामीक विद्यालय विद्यामन्दिर मा.वि. वडा नम्बर ३ लाई भौतिक पूर्वाधार अनुदान बापत आएको १ करोड ५० लाख बजेटको विल भर्पाई प्राविधिक मुल्याङकन विनै नगरपालिकाले विद्यालयको खातामा निकासा दिई खर्च लेखेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ मा खर्च गर्दा खर्चको पुष्टि गर्ने विल भरपाई प्रमाण र कागजात संलग्न हुनु पर्ने व्यवस्था छ । तर पञ्चदेवल नगरपालिकाले आर्थिक वर्ष ७७/७८ को उक्त बजेट मनोमानी ढङ्गबाट फर्छ्यौट गरेको पाइएको हो । 

शुक्रवार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनका अनुसार आर्थिक वर्षको अन्त्यमा खर्च नभएको रकम सङ्घीय सरकारको सङ्घीय कोषमा दाखिला हुनु पर्नेमा कार्य प्रगति बेगर विद्यालयको खातामा निकासा दिई खर्च लेखेको छ ।  

अहिले पञ्चदेवल विनायक नगरपालिकामा वरिष्ठ अधिकृत रहेका पदम बहादुर माझी त्यो वेला निमित्त प्रमुख प्रशासकीय अधिकृत र कैलालीको मोहन्याल गाउँपालिकामा रहेका ध्रुव खत्री लेखापाल थिए ।