अछाम: जिल्लाको ढकारी गाउँपालिकाले नियम विपरीत कानुनी सल्लाहकार राखेको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्न नहुने उल्लेख छ ।
तर ढकारी गाउँपालिकाले कानुनी सल्लाहकारको रूपमा गणेश ढुङ्गानालाई नियुक्त गरी मासिक रु २३ हजार ५ सय का दरले आर्थिक वर्ष ०७७/७८ मा २ लाख ८२ हजार भुक्तानी गरेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार कानुनी सल्लाहकारले गरेको कार्य सम्पादन समेत गाउँपालिकाले नराखेको पाइएको छ ।
प्रतिक्रिया