अछाम: जिल्लाको तुर्माखाँद गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता निकासीमा अनियमितता गरेको पाइएको छ ।
लाभग्राहीको लगत अद्यावधिक नगरी एउटै चौमासिकमा एकै व्यक्तिको नाममा दोहोरो निकासा हुने गरी दोहोरो खर्च लेखेको,मृत्यु एवं बसाइसराइ भइसकेका लाभग्राहीको लगत कट्टा नगरी भत्ता रकम निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले लाभग्राहीको नाम दर्ता र नवीकरण, लगत कट्टा तोकिएको मिति भित्रै परिचयपत्र अनिवार्य रूपमा नवीकरण गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने,प्रत्येक वर्ष लगत अद्यावधिक गरी लाभग्राहीको सङ्ख्या यकिन गर्नुपर्ने,केन्द्रीकृत सूचना प्रणालीमा प्रविष्टि गरी लगत अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको जिम्मेवारी पाउने सम्बन्धित स्थानीय निकायको हुने व्यवस्था छ ।
तर तुर्माखाँद गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लाभग्राहीको लगत कट्टा नगरी ६० हजार ६ सय रुपैयाँ बढी निकासा गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा तर्फ बढी निकासा भएको रकम र लाभग्राहीहरूको लिस्ट हेर्नुहोस्

प्रतिक्रिया