अछाम: प्रदेश स्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत सुदूरपश्चिमबाट भलिबल खेलका लागी अछाम छनोटमा परेको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा डोटीमा भएको भलिबल खेलमा अछामले डडेल्धुरालाई २५-२१ को सेटमा हराउँदै प्रथम भएको हो ।
खेलाडीको उर्वर भूमिका रुपमा पहिचान बनाएको अछामले केन्द्रमा पनि राम्रै प्रद्र्धशन गर्ने विश्वास गरिएको छ । जिल्ला सदरमुकाम सिलगढीको टुडीँखेल मैदानमा सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाबाट महिला र पुरुष गरी प्रत्येक जिल्लाबाट २ टिमको सहभागिता रहेको थियो ।
खेल नकआउट सिस्टम र बेष्टअफ थ्रि कोण मा खेलाइएको जिल्ला खेलकुद समिति अध्यक्ष प्रकाश शाहीले बताए ।
प्रतिक्रिया