अछाम : सुदूरपश्चिममा जारी प्रदेश स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत अछामले प्रथम स्थान हासिल गर्दै भलिबल खेल सम्पन्न भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा डोटीमा भएको भलिबल खेलमा अछामले डडेल्धुरालाई २५ – २१ को सेटमा हराउँदै प्रथम भएको हो ।
खेलाडीको उर्वर भूमिका रुपमा पहिचान बनाएको अछामबाट तल उल्लेखित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
१, सन्तोष बोहोरा – साँफेबगर नगरपालिका
२,स्वभित खड्का – मेल्लेख गाउँपालिका
३,विमल शाही – तुर्माखाँद गाउँपालिका
४,कपिल परियार – रामारोशन गाउँपालिका
५,खकेन्द्र साउँद – रामारोशन गाउँपालिका
६,नृप सुनार – मंगलसेन नगरपालिका
७,भीम बहादुर चलाउने – ढकारी गाउँपालिका
८,सन्तोष विक – कमलबजार नगरापालिका
९,जीवन शाही – मेल्ल्ेख गाउँपालिका
१०,प्रकाश विक – पञ्चदेवल विनायक नगरपालिका
अछामबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुहरुलाई पूर्व राष्ट्रिय भलिबल खेलाडी सञ्जय भाटले कोच गरेका थिए ।
प्रतिक्रिया