मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयूर्वेदिक कार्यालय अछामद्धारा बयालपाटा अस्पताललाई औषधी प्रदान

आयूर्वेदिक कार्यालय अछामद्धारा बयालपाटा अस्पताललाई औषधी प्रदान


अछाम । जिल्ला आयूर्वेदिक कार्यालय मंगलसेन अछामले बयालपाटा अस्पताललाई औषधी प्रदान गरेको छ । कार्यालयले अस्पतालमा हुने सुत्केरी आमाहरुका लागि प्रयोग हुने दुग्धवर्धक आयुर्वेदिक औषधी प्रदान गरेको हो ।

आयूर्वेदिक कार्यालय मंगलसेनबाट आएर अस्पतालललाई निशुल्क रुपमा औषधी प्रदान गरेका हुन् । आयूवेर्दिक औषधीको प्रयोगबाट सकरात्मक प्रतिक्रिया आए थप सहयोग गर्न सकिने उनिहरुले बताएका छन् ।

औषधीको प्रयोगबाट सेवाग्राहीलाई फाईदा भए थप माग गर्न सकिने बयालपाटा अस्पतालले जनाएको छ । जिल्ला आयूर्वेदिक कार्यालय अछामले बेला बेला जिल्लाका बिभिन्न स्वास्थ्य चौकी र अस्पतालहरुमा निशुल्क रुपमा औषधी बितरण गर्दै आईरहेको छ ।

कोरोनाका बेला समेत जिल्ला आयूर्वेदिक कार्यालय अछामले बिभिन्न पालिकाहरुमा पुगेर स्वास्थ्यबर्दक औषधीहरु वितरण गरेको थियो ।