अछाम: संसारकै सबै भन्दा सानो प्रजातिको गाई भनेर चिनिने नौमुठे गाई सुदूर पहाडको अछाम जिल्लामा पाइन्छ । यो जातको गाई सुदूर पश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा पाइने भएकोले यसको नाम अछामी गाई रहन गएको हो ।
यसको उचाइ लगभग नमुठी हुने भएकाले यस गाईको प्रजातिलाई ’नौमुठे गाई’ भनिन्छ ।यो गाईको प्रजाति लोपोन्मुख स्थितिमा रहेको छ । साथै यो गाईलाई छोरीको विवाहमा दाइजो स्वरूप दिने चलनले गर्दा अन्य जिल्लाहरूमा समेत पाइन्छ ।
यसको उत्पत्ति अछाम जिल्लामा भएको भएता पनि यो डोटी, बझाङ र बाजुरा जिल्लामा पनि पाइन्छ । यसको सङ्ख्या बढ्दो क्रममा रहेको भए तापनि संरक्षण तथा सम्वद्र्धन गर्न नसक्दा पछिल्लो समय लोपोन्मुख अवस्थामा छ ।
नेपालका चार धाम मध्यको एक धाम वैद्यनाथ धाम अछाममामा नौमुठे गाइलाई संरक्षण गरेर राखिएको छ । गाइको दूध,दही,पिसाब,गोवर हरेक शुभ – अशुभ कार्यमा प्रयोग गरीन्छ ।
महत्त्व:
–दूध, मल र खेत जोत्न उपयोगी हुने ।
– पर्यटकलाई आकर्षण गर्न सक्ने ।
–रोग सँग लड्न सक्ने क्षमता बढी भएको ।
–थोरै घाँसपात खुवाएर पनि पाल्न सकिने ।
–जिल्ला, प्रदेश तथा राष्ट्रको छुट्टै पहिचान दिन सक्ने गुण भएको ।
– आर्थिक, सामाजिक, धार्मिक तथा सास्कृितक महत्त्वले परिपूर्ण भएको ।
प्रतिक्रिया