मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै उपभोक्ता लाभान्वित हुने गरी योजनाको काम हुन्छ : वडाध्यक्ष तिमल्सैना

सबै उपभोक्ता लाभान्वित हुने गरी योजनाको काम हुन्छ : वडाध्यक्ष तिमल्सैना


अछाम : कमलबजार नगरपालिका वडा नम्बर ५ कुइकाका वडा अध्यक्ष सत्यराज तिमल्सैनाले सबै उपभोक्ता लाभान्वित हुने गरी योजनाको काम कार्यान्वयन गरेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०७८र७९ का लागी विनियोजित बजेट बाट खाडखर्क साल्पाते सिँचाई कुलो आयोजनाबाट उपभोक्ताको सङ्ख्या हेरफेर गरेर सोही ठाउँ भन्दा १ सय मिटर माथि बाट काम सुरु गरेको बताएका हुन् ।

जनप्रतिनिधि,स्थानीय तथा योजनाबाट लाभ लिने उपभोक्ताहरूको सहमतिबाटै काम सुरु गरेको अध्यक्ष तिमिल्सैनाले दाबी गरे ।

प्रदेशबाट स्वीकृत योजना बमोजिम कार्य सुरु गर्दा एकाध व्यक्तिले मात्रै लाभ लिने भएकाले सबैको सहमतिका आधारमा योजना स्थलको १ सय मिटर टाढाबाट काम सुरु गरेको उनको भनाई छ ।

स्वीकृत योजनामा खाडखर्क सातपाते सिँचाई योजना भए पनि काम भने अर्कै ठाउँ छडे खोला भनी चिनिने ठाउँ मा सुरु गरिएको पाइपछि यस अघि सुदूरआजले सो बारे समाचार प्रकाशन गरेको थियो ।