अछाम । नेपालि कांग्रेस मंगलसैन नगरपालिका वडा न १३ को वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान, कार्यक्रता भेटघाट कार्यक्रम तथा चियापान कार्यक्रम समपन्न भएको छ ।
जिल्ला कार्यसमिति अछामको सँगठन सुद्धिढिकरण अभियान अन्र्तगत वडा भेला सम्पन्न भएको हो । वडा कार्यसमितिका सभापति हिकमत बहादुर बोगटीको सभापतित्वमा भएको वडा भेलामा कार्यक्रमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति प्रतिनिधि सभाका माननीय पुषप बहादुर शाह प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि माननीय पुष्प बहादुर शाहले अछाम र अछामि जनताको सेवामा आफू सेवक भएर काम गर्ने बताउनु भएको छ । अछाम जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय जनताले अनुभूति प्राप्त हुनेगरी समग्र विकासमा लाग्ने बताए ।
मंगलसैन बस्ति लोणे बेनि सेती लोकमार्ग सड्क निर्माण र चाईरा खोलामा रहेको खेतियोग्य जमिनको संरक्षण, बाढी नियन्त्रण गर्ने योजना सुनाए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश २ ख का प्रदेश माननीय मानबहादुर रावलले आफनो प्रदेश सभा निर्वाचन क्षेत्रको समग्र विकासका लागि र जिल्लाको जल्दाबल्दा समस्या समाधानका लागि प्रदेश सरकारमा जोडदारका साथ आवाज उठाउने बताए ।
कार्यक्रमका अर्का विसिष्ट अतिथि नेपाली कांग्रेसका उपसभापति नयाँ राम बजगाईले सबै तहका नेता कार्यक्रताले जनताको समस्याको समाधानसहित जनचाहान अनुरुप काम गर्नु पर्ने बताए छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवंम नगर संयोजक जनक भण्डारीले संगठन निर्माण र सुदृढीकरणका लागी पाटि सम्ब्ध सबै तहका नेता कार्यक्रता एजुट भएर लाग्न अनुरोध गर्दै नेता कार्यकर्ता सबैले आफ्नो जिम्मेवारी वहन गरी पार्टी चलायमान बनाउन हुन सबैलाई अनुरोध गरे ।
संयोजक भण्डारीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औल्याउँदै कसैको धाक धमकि र प्रलोभनमा नपरी पाटिको संगठन निर्माणमा लाग्न हुन अनुरोध गर्दै गुटको राजनीति गर्न नहुनेमा जोड दिए । युवाहरुले गुटलाई प्रबद्र्धन गर्ने गतिविधि गर्न नहुने उनको भनाई छ ।
कार्यक्रमा जिल्ला कार्य सिमिति सदस्य टंक थापा, यूवा नेता विनोद थापा, तरुणदलका जिल्ला अध्यक्ष रमेश विष्ट जंगिजनार्दन लगातका नेता हरुले मन्तब्य राखेका थिए ।
कार्यक्रममा गाउँ नगर तहका नेता कार्यक्रता सुबेछुक सुभचिनतक मानुभाव हरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया