मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार गोसाई 

पत्रकार गोसाई 

पत्रकार गोसाई एड्स भन्या क्या हो ? 


  • राम अविरल बिष्ट

छकालै छकालै 
जुतारो घुम्या जन 
यो बैरागी मन पन
घुमि घुमि कन 
काँ बाई गो, 
काँ बाई गो । 

पाँच साल भैगो 
जोई पोईको भिट नभयाको 
ईन्डिया डन्ना हान्ना छन् भन्यो 
को जानी कईका फिल्म हेद्दा छन भन्यो । 
तुईकी एड्स लागि गो भनी कन 
कण्डम दिना छन् आईएनजिओका मान्ठ ! 
पत्रकार गोसाई एड्स भन्या क्या हो ? 

नान्कि छियाँ ब्या भै गो 
त्याँ पछि त क्या भै गो क्या भै गो 
जीन्दगी सिलाने पानी जसो 
उदै – उदै मात्तै बग्दो छ……..

क्या भन्या गोसाई ? 

ह ह, सरकार  ? 
सरकार त क्या प हो 
मेयर र उप – मेयरर्नि आयाका छ्या 
गाडि ल्याई कन, 
छाउपडि गोठ भत्काउनु भन्या छिया । 
तेताई बाटी बाई ग्या…..
छाउपडिकन बृद्द भत्ता नाई दिन्या भन्ना छन् हरे
साँच्चि हो क्या गोसाई ? 

तै त गोसाई 
मु त केई जान्नै न 
यै राधिका (छोरी) भन्नी छ 
काँ काँ सुन्नी छ 
महिला पन मन्त्री हुनि छन भन्यो 
महिला पन गाडि चलाउँदि छन भन्यो 
महिला पन भाषण हद्दी छन् भन्यो 
महिला र पुरुष अब एकै भैग्या भन्ना छन्
साँच्चि हो क्या गोसाई ? 

फुटो ? 
फुटो त न खिच गोसाई ! 
मु जसि चाउरिको फुटो को हेर ला त 
उसाई सेकि माद्दा । 

अरु पन आयाका छ्या 
तम्राई जसा कोट लाईकन 
तम्राई जसा चस्मा लाईकन 
तम्राई जसा कुणा हद्दा छ्या 
काँ बाई ग्या काँ बाई ग्या…..

पत्रकार गासाई, 
साच्चि भनेल पन 
हाम्रा समाचार छापिकन, 
हाम्रा दिनबार फेरिने हुन क्या ?