मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल मंगलसैनमा मुटुरोग सम्बन्धी शिबिर सुरु, पहिलो दिन ५ सय ५ जनाले सेवा लिए

जिल्ला अस्पताल मंगलसैनमा मुटुरोग सम्बन्धी शिबिर सुरु, पहिलो दिन ५ सय ५ जनाले सेवा लिए

सुदूर आज

अछाम : जिल्ला अस्पताल मंगलसैनमा २ दिने मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । शिबिरको पहिलो दिन ५ सय ५ जनाले सेवा लिएका छन ।

स्वास्थ्य परिक्षण गराएका मध्य १३ जनामा मुटु सम्बन्धि गम्भिर समस्या देखिएको छ । गम्भिर समस्या भएका विरामीहरुको आईतबार पुन स्वास्थ्य परिक्षण गरि थप उपचारका लागि काठमाण्डौ रेफर गर्ने शिविर टोलीले जनाएको छ ।

जिल्लामा गम्भिर समस्या देखिएका विरामीहरुको काठमाण्डौमा निशुल्क उपचार गरिने भएकाले त्यस्ता समस्या देखिएका विरामीहरुको पहिचान गर्ने काम समेत भईरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

यस क्षेत्रमा मुटुरोगको समस्या रहेका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

आईतबार सम्म संचालन हुने शिरिमा सेवाग्राही आउनेक्रम जारी रहेकाले भोली बिहान ८ बजे नाम लेख्नेगरि पुग्न समेत अनुरोध गरिएको छ । आईतबार नै पंचदेवल विनायक नगरपालिकामा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थिहरुको पनि मुटु सम्बन्धि स्वास्थ्य परिक्षण गरिने भएको छ ।

मंगलसेनमा सेवा लिन आउने सेवाग्राही ८ बजे भित्र सेवा लिनेगरि जिल्ला अस्पताल अछाममा आईपुग्न जिल्ला स्वास्थ्य कार्यालय अछामले आग्रह गरेको छ ।

जनताको स्वास्थ्य सुधारका संगै अस्पतालहरुको स्तरउन्नतीका लागि पहल गर्छु : प्रतिनिधि सभा सदस्य शाह

शिविरको एक कार्यक्रमका बिच उद्घाटन गरिएको थियो । अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष शिव बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुस्प बहादुर शाह प्रमुख अतिथी रहेका थिए ।

प्रमुख अथिति शाहले यस क्षेत्रका जनताको स्वास्थ्य सुधारका साथ साथै अस्पतालहरुको स्तरउन्नतीका लागि समेत आफुले पहल गर्ने बताएका छन् । जनताको प्रत्यक्ष दैनिकी संग जोडिएका बिषयबस्तुमा आफु गम्भिर भएर लाग्ने उनको भनाई छ ।

यस्तै जिल्लाको विकास निर्माण र समसामयिक सवालमा आफुले संघिय संसदमा आवाज उठाउने काम समेत गर्दै आईरहेको बताए ।

शिबिरको उद्घाटन कार्यक्रममा प्रदेश सस्दय मान बहादुर रावल र नगर प्रमुख पदम बहादुर बोहरा बिशिष्ट अतिथी रहेका थिए । शिविर उदघाटन कार्यक्रममा प्रमुखजिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी निरिक्षक कैलाश बिष्ट, विभिन्न वडाका वडा अध्यक्ष लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले गरेका थिए ।