मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानिय तह निर्वाचनको १ बर्ष पुरा : यो अवधिमा जनताले अनुभुत गर्ने गरी के काम भयो ?

स्थानिय तह निर्वाचनको १ बर्ष पुरा : यो अवधिमा जनताले अनुभुत गर्ने गरी के काम भयो ?

स्थानिय तह निर्वाचनको १ बर्ष पुरा


अछाम : स्थानिय तह निर्वाचन भएको एक बर्ष पुरा भएको छ । गत बर्ष २०७९ बैशाख ३० गते स्थानिय तहको निर्वाचन भएर वडा देखि पालिका सम्मका जनप्रतिनिधी निर्वाचित भएका थिए । यो एक बर्षको अवधिमा पालिकामा जनताले अनुभुति गर्ने गरी के के काम भए भनेर हामीले पालिका प्रमुखहरुलाई प्रश्न गरेका छौँ ।

राजेन्द्र बहादुर कुँवर
नगर प्रमुख, साँफेबगर नगरपालिका

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवरले आफ्नो कार्यकालमा बयालापाटा अस्पतालको आर्थिक दायित्व लिने गरी प्रदेश सरकार संग सम्झौता गराउन सफल भएको बताएका छन् । यस क्षेत्रका जनतालाई निशुल्क सेवा प्रदान गरिरहेको अस्पतालको सेवा दिर्घकालिन रुपमा कायम राख्न थप गुणस्तर बनाउन प्रदेश संग सम्झौता गरी बजेट बिनियोजित गराउन पहल भएको बताएका हुन् ।

आफ्नो ५ बर्षे कार्यकालको पहिलो बर्षमा भएका मुख्य उपलब्धीको बारेमा जानकारी दिदैँ नगर प्रमुख कुँवरले दोश्रो काम साँफेबगरमा बस पार्क निर्माण प्रक्रिया सुरु भएको बताए । यसअघि अव्यवस्थित रुपमा बसपार्क नभएर सड्क छेउछाउमा पार्किगं भईरहेको समस्या अब समाधान हुने बताए ।

साँफेबगर बजार क्षेत्रलाई व्यवस्थित गर्दे सड्क कालोपत्रे संगै पक्की सड्क निर्माण गरिएको बताए । खेल मैदान निर्माण र हरियाली पार्क बनाउने काम समेत आफुले गरेको उनको भनाई छ । शिक्षालाई गुणस्तरिय बनाउन नगर भित्रका १८ वटा बिद्यालय मर्ज गरि दरबन्दी मिलान तथा पदपूर्तीको काम समेत भएको उनले बताए ।

पर्यटनको प्रचुर सम्भावना बोकेको नैनी क्षेत्रमा पुग्ने सड्क कालोपत्रे गर्न योजना बनेको र नेपालकै चारधाम मध्येको एक बैद्यनाथ धामको विकासका लागि समेत काम भईरहेको नगर प्रमुख कुवँरले बताए । अब आउने आर्थिक बर्ष देखि नगरका बेरोजगार युवालाई रोजगारी सृजना गर्न कृषीलाई प्राथमिक्ता दिने बताए । नगरका हरेक वडामा जहाँ जस्तो प्रकारको खेति हुन्छ त्यहि अनुसारको पटेक क्षेत्र घोषणा गरी कृषीमा आत्मनिर्भर हुने गरी काम गर्ने उनको भनाई छ ।

बुढीगंगाको नदि नियन्त्रण गर्न संघिय र प्रदेश सरकालाई बजेट काम गरी काम गर्ने योजना रहेको उनले बताए । यस्तै साँफेबगरमा लालपूर्जा बिहिन, भुमिबिहन र अव्यवस्थित बसोबासको तथ्यांक संकलन गरी लालपुर्जा वितरण गर्न आवश्यक बजेट बिनियोजित गरी काम अघि बढेको उनको भनाई छ ।

भिम बहादुर साँउद
अध्यक्ष चौरपाटी गाँउपालिका अछाम ।

चौरपाटी गाँउपालिकाका अध्यक्ष भिम बहादुर साँउदले जिल्लामै पहिलो पटक पालिकामा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने चौरपाटी पहिलो पालिका भएको बताएका छन् । जिल्ला अस्पताल र बयालपाटा अस्पताल पछि चौरपाटीमा आकस्मिक सहित स्वास्थ्य सेवा प्रदान गर्न सुरु भएको बताएका हुन् ।

चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रमा यसअघि आकस्मिक सेवा नहुदाँ यस क्षेत्रका बिरामीले टाढा टाढा जानुपर्ने बाध्यताको अन्त्य गरी अस्पतालमा ईमरजेन्सी सेवा सुचारु गरिएको अध्यक्ष साँउदले बताए । गाँउ पालिकाको वडा नंं. ५ को गडशिलमा सामुदायिक स्वास्थ्य सुरु गरेको र कौसाडीकोटमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी त्यस क्षेत्रका जनतालाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने काम भएको बताए ।

आफु निर्वाचित भएको १ बर्ष पुरा भएको अवसरमा बोल्दै अध्यक्ष साँउदले बिजुली बत्तीको पहुँच नपुगेका सोकट, सिउडीको केही ठाँउमा बिजुली बिस्तार हुने काम भईरहेको बताए । यस्तै बर्षातमा बन्द हुने सड्क र सड्क सञ्जाल नजोडिएका ठाँउमा सड्क पुर्याउने काम गरिएको बताए ।

भुउपयोग निति बनाएर नै पालिकामा कित्ता काट गर्ने काम समेत आफ्नो कार्यकालमा सुरु गरेको अध्यक्ष साँउदले बताए । एकल महिलाहरुलाई महिला उद्यमी बनाउने योजना अनुसार बिभिन्न प्रकारका तालिम प्रदान गरिएको बताए ।

अध्यक्ष साँउदले आफु निर्वाचित भएर आईसकेपछि स्वास्थ्य, शिक्षा, पूर्वाधार, स्वरोजगार लगायतका कार्यक्रमलाई प्राथमिक्ता दिएका बताए । पालिकाका बिभिन्न ठाँउ खानेपानीको पहुँच नभएको ठाँउमा खानेपानीको लाईन बिस्तार गरिएको अध्यक्ष साँउदको भनाई छ । यस्तै बेरोजगार युवालाई रोजगार दिलाउन स्वरोजगार कार्यक्रम अघि बढाउने योजना अनुसार पहिलो चरणमा माहुरी पालन व्यावसायका लागि तालिम प्रदान गरि घार उपलब्ध गराउने उनले बताए ।

पालिकामा कृषी तथा पशुपक्षीका कार्यक्रमलाई समेत प्राथमिक्तामा राखिएको अध्यक्ष साँउदको भनाई छ । रैथाने बाली कोदो, कागुनु र भट्मास लगायतका खेतीमा आत्म नर्भिर भई बजारीकरण समेत गर्ने उनले बताए । बाख्रा, कुखुरा, बंगुर पालन र तरकारी खेतीमा कृषकलाई आर्कषित गर्ने कार्य अनुसार अनुदानका कार्यक्रम अघि बढाएको उनले बताए ।

पालिकामा पर्यटन प्रर्बद्धनको लागि धार्मिक स्थल देबथुम, शान्निकोट, मष्टाबण्डाली लगायतका क्षेत्रको विकास र प्रचार प्रसारको लागिग पहल भईरहेको उनले बताए । यस्तै सुदूरपश्चिमकै प्रचुर पर्यटनको सम्भावना बाकेको खप्तड क्षेत्र जाने बाटो सहजताका लागि चौरपाटी, पूर्वीचौकी र साँफेबगर संग सहकार्य गरेर साझा कार्यक्रम सहित सडक बिस्तार गर्ने उनले सुनाए ।