अछाम : चर्चित लाेक तथा देउडा गायक नरेन्द्र रावलले ;पैसाका रुख छनकी; बाेलकाे माैलिक देउडा दाेहाेरी गित सार्वजनिक भएको छ । गायक नरेन्द्र रावल, भुवन प्रशाद दाहाल र गायिका पबित्रा भण्डारी काे स्वरमा रहेको गीत नरेन्द्र रावल युटुब च्यानल बाट सार्वजनिक भएको हो ।
गीतमा पर्देशीका कथाबेथा समेटिएको हुदा दर्षकले निकै रुचाएका छन । सुदुर पश्चिमकाे अाेलिगाउ, दाेधारा चाँदनी, टिकापुर पार्क, घाेडाघाेडी ताल, कर्णाली पुल जस्ता पर्यटकिय स्तलमा छायांकन गरिएको यस गीतकाे निर्देशन सुरेन्द्र संगमले गरेका छन ।
गायक रावलकाे आफ्नै शब्द संगीतमा रहेकाे देउडा गितमा पर्यटन व्यावसायि युवा दिपक रावल र सुदुरकी चर्चित माेडेल झरना बाेहराकाे उत्कृष्ट अभियान रहेकाे छ । याे गितकाे अडियो २०५९ सालमा रेकर्ड गरीएकाे र तत्काल क्यासेटकाे जमानामा अत्यन्त चलेको गित भएका कारण भिडियो छायांकन गरि दर्शक माझ ल्याएकाे गायक रावलले बताए ।
सुदुर पश्चिमकाे अछाम जिल्ला मंगलसेन नगरपालिका १० जुपुमा २०३८ सालमा जन्मिनु भएका नरेन्द्र रावलका हरेक देउडा गीत संगितमा आफ्नै माैलिकता र नयाँ पनकाे झल्काे देखीन्छ । यस अघि उनका लिजा शांन्तका फुल, सिरानी मा अंशु, धन्य पिरतिका खेल, अपुरा सैना लगायत दर्जन भन्दा बढी गीती क्यासेटहरु बजारमा सार्वजनिक भएका थिए ।
कुनै बेला देउडा गीत संगित बजारमा ठप्प हुदा रावलले सुदुर पश्चिम मेरा ढकमक्क फुली, गाैड्या भेट जस्ता लाेकप्रिय गीत बजारमा ल्याउन सफल भएका थिए जुन गीतबाट उनले दर्शक श्राेताकाे निकै माया पाएका थिए ।




















प्रतिक्रिया